विराटनगर किङ्सका खेलाडीहरूले गरे काली मन्दिरमा पुजापाठ

  • चिरफार डटकम, विराटनगर १६६  पटक हेरिएको

आइतबार, मंसिर ०९, २०८१ समय : १३:५६:३० , ३ घन्टा अगाडि

विराटनगर किङ्सका खेलाडीहरूले शनिबार साँझ विराटनगरको शक्तिपिठ काली मन्दिरमा पुजापाठ र आरती गरेका छन् । खेलाडी सँगै विराटनगर किङ्सका सञ्चालकहरू पारस लुनियाँ, सुयश प्याकुरेल, राजेश बगडिया र अनुज पौदार पुजा पाठ एवं आरतीमा सहभागि थिए ।

विराटनगरमा जारी प्रशिक्षणमा रहेका विराटनगर किङ्सका क्रिकेट खेलाडीहरू शनिबार साँझ विजय प्राप्त होस् भन्ने कामना गर्ने उद्देश्यका साथ शक्तिपिठ काली मन्दिर पुगेका थिए । यस अघि विराटनगर किङ्सका खेलाडी र सञ्चालकहरू शुक्रबार साँझ विराटनगर–१ पोखरीयास्थित परोपकारधाम आरतीमा सहभागि भएका थिए ।

यही मंसिर १५ गतेदेखि काठमाडौंमा हुन गइरहेको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको विराटनगर किङ्स कोशी प्रदेशको टिम हो । जुन टिममा ५ विदेशी खेलाडी सहभागि छ ।

नेपाली खेलाडी सन्दिप लामिछाने, प्रतिश जिसी, वसिर अहमद, लोकेश बम, जितेन्द्र मुखिया, राजेश पुलामी, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेश भट्ट, मृणाल गुरुङ विराटनगर किङ्समा सहभागि छन् । आयरल्याण्डका केभिन ओ ब्रायन विराटनगर किङ्सको मुख्य प्रशिक्षक रहेका छन् ।

नेपाल प्रिमियर लिग (एन.पी.एल.) मा ८ टिम सहभागि छ । मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म काठमाडौंको ललितपुर स्थित त्रिभुवन विश्वविद्यालयको कृतिपुर क्रिकेट मैदानमा प्रतियोगिताको सबै खेल हुनेछ ।