विराटनगरको मानव सेवा आश्रमलाई गणेशमान सिंह फाउण्डेसनको खाद्यान्न सामग्री सहयोग 

  • ब्रह्मदेव यादव, विराटनगर ४७४  पटक हेरिएको

शुक्रबार, कार्तिक ३०, २०८१ समय : १५:३८:३८ , ६ दिन अगाडि

गणेशमान सिंह फाउण्डेसन मोरङले विराटनगर–३, पोखरिया स्थित मानव सेवा आश्रमलाई डेढ लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेका छन् ।

गणेशमान सिंह फाउण्डेसन मोरङले शुक्रबार मानव सेवा आश्रममा आयोजना गरेको कार्यक्रममा फाउण्डेसनका संस्थापक नेपाली कांग्रेसका नेता एवं नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आश्रमका पार्वती तिवारीलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए ।

फाउण्डेसनका कोशी प्रदेश अध्यक्ष श्याम पौडेल, उपाध्यक्ष नगेन्द्र दाहाल, मोरङ अध्यक्ष फुलकुमार लालवानी र नेपाली कांग्रेस कोशी प्रदेश समितिका कोषाध्यक्ष राजेश गुप्ता खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रममा सहभागि थिए ।

उद्योगी एवं समाजसेवी किशोर प्रधानले आफ्ना स्व. बुवा, आमा लक्ष्मण प्रधान र लक्ष्मी प्रधानको सम्झनामा फाउण्डेसन मार्फत आश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेको हो ।