- ... ४८७ पटक हेरिएको
मंगलबार, माघ १७, २०७९ समय : १८:२४:०३ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले २० वर्षमा ८ सय ६ जान चार्टर्ड एकाउन्टेन्ट्स (सीए) उत्पादन गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था मंगलबारदेखि २६ वर्षमा प्रवेश गरेको छ । र २६ औं वार्षिकोत्सवको अवसरमा संस्थाको विराटनगर शाखाले मंगलबार विराटनगरमा आयोजना गरेको वार्षिकोत्सव समारोहमा संस्थाका संयोजक सीए अश्विनी बंशलले २०५८ देखि २०७८ सम्म ८ सय ६ जना सीए उत्पादन भएको जानकारी गराए ।
१ हजार ९ सय ७६ जनाले संस्थाको सदस्यता प्राप्त गरेको छ भने १४ हजारभन्दा बढि विद्यार्थी सीएमा अध्ययनरत रहेको संयोजक बंशलले बताए । केही समय पछि पूर्वाञ्चल विश्वविद्यालयले सीए अध्ययनकालागि पाठ्यक्रम लागु गर्ने तयारीमा रहेकोले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था सीएका विद्यार्थी उत्पादन गर्न पूर्वाञ्चल विश्वविद्यालयसंग सहकार्य गर्ने संयोजक बंशलले बताए ।
वार्षिकोत्सव समारोहमा सीएमा अध्ययनरत १२ जना विद्यार्थीलाई ३ विधामा पेपर प्रतियोगिता गराईएको थियो । र जसमध्ये प्रथम, दोश्रो र तेस्रो हुने सीए अध्ययनरत विद्यार्थीलाई पुरस्कार प्रदान गरेको थियो ।
वार्षिकोत्सव समारोहमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा. डी.बी. क्षेत्री, पूर्वाञ्चलन विश्वविद्यालय व्यवस्थापन संकाय तर्फका डिन डा. बिजु थपलिया, सीए मनोज अधिकारी, लेखापरिक्षक मोहन सुवेदी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था विराटनगर शाखाका संयोजक अश्विनी बंशलले सीएको काम, कर्तब्य र अधिकारको बारेमा धारणा व्यक्त गरेका थिए ।
विराटनगर महानगरपालिकाले संस्थालाई जग्गा उपलब्ध गराएको र केही समयपछि भवन निर्माण गरेर संस्था आफ्नै भवनमा सर्ने संयोजक बंशलले बताए ।