विराट व्यापार संघद्वारा विपन्न परिवारलाई राहत सामग्री वितरण

  • चिरफार डटकम, विराटनगर २७६  पटक हेरिएको

सोमबार, कार्तिक १२, २०८१ समय : १३:५७:०४ , ३ हप्ता अगाडि

विराट व्यापार संघ विराटनगरले सुनसरी जिल्लाको एक विपन्न परिवारलाई २० हजारभन्दा बढि रकम बराबरको खाद्यान्न सामग्री वितरण गरेका छन् । सुनसरी जिल्लाको बर्जू गाउँपालिका वडा नं. ४ स्थित स्व. भगवती पाल गडेरी परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै संघले खाद्यान्न सामग्री वितरण गरेको हो ।

स्व. पालको केही दिन अगाडि मृत्यु भएको थियो । किरियामा बसिरहेका आफन्तलाई खानाको समेत समस्या रहेको सूचनाको आधारमा विराट व्यापार संघको टोली कात्तिक ११ गते आइतबार मृत्तक परिवारको घरमै पुगेर खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए ।

विराट व्यापार संघका अध्यक्ष अंशु बंजरा, बरिष्ठ उपाध्यक्ष प्रमोदकुमार जिन्दल, उपाध्यक्ष शरद श्रेष्ठ, प्रविण अग्रवाल, मनोहर कार्की, सरस्वती ओझा, महासचिव करिण ढुंगेल, उपमहासचिव श्यामलाल पौडेल (भवेष), कोषाध्यक्ष सुनिता गुरुङ (सोनु), सहकोषाध्यक्ष अशोक पौदार, महिला उद्यम समितिका संयोजक सम्झना पौडेल, कार्यकारी अधिकृत धरणीधर निरौला, कार्यालय सचिव कृष्ण गौतमको टोली राहत सामग्री वितरण गर्न बर्जु गाउँपालिका पुगेका थिए ।