- ब्रह्मदेव यादव, विराटनगर ४८३ पटक हेरिएको
आइतबार, कार्तिक ११, २०८१ समय : १४:४६:५९ , ४ हप्ता अगाडि
प्लान्ट क्वारेन्टाइनको अनुमति वेगर जुट, काठ, बिसादी औषधि र माटो भारतबाट नेपालमा तर्फ आयात भइरहेको छ । जुन कार्यमा विराटनगर भन्सार कार्यालयका कर्मचारीहरूको संलग्नता रहेका छन् ।
बिरुवा संरक्षण ऐन २०६४ अनुसार बिरुवा तथा बिरुवा जन्य सामग्री हुर्किने माध्यमहरू जुट, काठ, माटो र झ्याउ दोस्रो तथा तेस्रो मुलुकबाट नेपाल भित्र्याउन प्लान्ट क्वारेन्टाइन कार्यालयको अनुमति चाहिन्छ । तर विराटनगर भन्सार कार्यालयका कर्मचारीहरूले प्लान्ट क्वारेन्टाइन कार्यलाई मोरङ विराटनगरको अनुमति बेगर सामग्री आयात कर्ता व्यक्तिसँग अवैध रुपमा मोटो रकम असुली गर्दै सामान आयात गरिरहेका छन् । जुन कार्य अवैध हो । एउटा अख्तियारी प्राप्त कार्यालयको अधिकार माथि हस्तक्षेप गरेर अर्को कार्यालयका कर्मचारी लेनदेनमा सामान आयात गरिरहेका छन् ।
यस विषयमा नेपाल सरकार मैन छ । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले प्लान्ट क्वारेन्टाइन कार्यालय विराटनगरमा चेक जाँच पास स्वीकृति बिना विराटनगर भन्सार कार्यालयका कर्मचारीहरूले सामान आयात गरिदिँदा मौन बस्नु रहस्यको खोजी आवश्यक छ ।
लामो समयदेखि इन्डोनेसिया र मलेसियाबाट विराटनगर भन्सार कार्यालय हुँदै नेपाल तर्फ काठ आयात भइरहेको छ । काठ मात्रै होइन जुट र मार्बल तथा टायल्स उद्योगका लागि माटो आयात भईरहेका छन् । काठ, जुट, माटो आयातका लागि प्लान्ट क्वारेन्टाइन कार्यालय विराटनगरले चेक जाँच पास गरेको कागजात बिना यि सामग्री आयात गरिरहेका छन् । र लेनदेनमा कुरा मिलेपछि विराटनगर भन्सार प्रशासनका कर्मचारीहरू कुनै किसिमको कागजात खोज्दैनन् । र सामान आयात गरिदिन्छ ।
यस विषयमा प्लान्ट क्वारेन्टाइन कार्यालयको अधिकार खोसिएकोमा कर्मचारी असन्तुष्ट छ । तर राज्य यस विषयमा मौन बसिदिँदा कार्यालय अधिकार बिहिन बन्न पुगेको छ । केही समय अगाडि विराटनगर भन्सार कार्यालयबाट मोटो परिमाणमा धानको बिउ विराटनगर भित्रिएको थियो । त्यतिखेर पनि प्लान्ट क्वारेन्टाइन कार्यालय मोरङ विराटनगरको स्वीकृति बेगर लेनदेनमा बिउ आयात भएको थियो ।