- चिरफार डटकम, विराटनगर ३५२ पटक हेरिएको
शनिबार, कार्तिक १०, २०८१ समय : १८:३१:२७ , ४ हप्ता अगाडि
विराटनगरको पिटर प्यान्स प्ले पेन स्कुलले शनिबार ११ देशको खानाको परिकार प्रदर्शनी गरेका छन् । स्कुलका शिक्षक, विद्यार्थी र अभिभावकहरूले ३ महिनाको अभ्यास पछि ११ देशको खानाको परिकार स्टल मार्फत प्रदर्शनीमा ल्याएको हो ।
शनिबार विराटनगर–२, सोमबारे हाट स्थित स्कुल प्राङ्गणमा आयोजित प्रदर्शनी स्थलमा विराटनगरवासीले नेपाल, भारत, अस्ट्रेलिया, जापान, स्पेन, ब्राजिल, इटाली, न्युजिल्याण्ड, पोर्चुगल, साउथकोरिया र इथियोपिया गरी ११ देशको खानाको परिकारको स्वाद लिएका छन् ।
स्कुलका निर्देशक एवं प्रिन्सिपल मधु लोहियाले विद्यार्थीलाई ११ वटै देशको पोशाक मार्फत खाना परिकारको प्रदर्शनी स्थल अगाडि राखेर विराटनगरवासीलाई भव्य स्वागत गरेका थिए ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्रमुख अतिथिको रुपमा स्कुलमा आयोजित प्रदर्शनी स्थलको अवलोकन गरेका थिए । प्ले ग्रुपदेखि कक्षा ४ सम्म पढाई हुने स्कुलमा १ सय ३० भन्दा बढि विद्यार्थी अध्ययनरत छन् ।
पूर्ण प्रयोगात्मक प्रविधि मार्फत पढाई हुने पिटर पेन विराटनगरको २८ वर्ष पुरानो स्कुल हो ।