- चिरफार डटकम, विराटनगर ३९८ पटक हेरिएको
शुक्रबार, कार्तिक ०९, २०८१ समय : १७:४५:०६ , ४ हप्ता अगाडि
विराटनगर–९, ठाकुरवाडी रोड स्थित रामजानकी सेवा सदनको अध्यक्षमा विजय लखोटिया निर्वाचित भएका छन् । जानकी सेवा सदनमा निर्वाचित सदस्यहरूले लखोटियालाई निर्विरोध अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
सदनको उपाध्यक्षमा गोपालप्रसाद गुप्ता र युगलकिशोर राठी, महासचिवमा अशोककुमार सोमानी, कोषाध्यक्षमा तुलसी गोयल, सचिवमा किशनलाल बोहरा र सुरेशकुमार अग्रवाल निर्वाचित भएका छन् ।
प्रदिपकुमार अग्रवाल, सुरेन्द्रकुमार गोल्छा, हरिवंश राठी, रामअवतार अग्रवाल, दिलिपकुमार तोदी, निरञ्जन खेतान, सुरेशकुमार नौलखा, हेमन्तकुमार मारु, जगदीश डागा, साकेत राठी र अरुण खेतान कार्यसमितिका सदस्य रहेका छन् ।
कार्यसमितिको कार्यकाल २ वर्षको रहने व्यवस्था छ ।