एसपी चिमरिया र मेयर कोइराला बिच भेटघाट 

  • ब्रह्मदेव यादव, विराटनगर ६४४  पटक हेरिएको

मंगलबार, कार्तिक ०६, २०८१ समय : १५:२९:४२ , १ महिना अगाडि

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरिया र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला बिच मंगलबार भेटघाट भएका छन् । सोमबार मोरङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी चिमरिया र मेयर कोइराला बिच भेटघाट भएको हो ।

एसपी चिमरिया मंगलबार विराटनगर महानगरपालिकाको कार्यालयमै पुगेर मेयर कोइरालासँग भेटघाट गरेका हुन । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा प्रादेशिक सरकारको मुख्यमन्त्रीदेखि मन्त्री परिषदका सदस्य र मन्त्रालय तथा विभिन्न कार्यालयका सचिव, उपसचिव, विशिष्ट श्रेणीका कर्मचारी रहने भएकोले सोही अनुसार शान्ति सुरक्षा कायम गर्न एसपी चिमरिया र मेयर कोइराला बिच भेटघाट भएको हो ।

कोशी प्रदेशको एक मात्र महानगरपालिका त्यसमा पनि कोशी प्रदेशको राजधानी रहेको विराटनगरको शान्ति सुरक्षा कायम गराउन विराटनगर महानगरपालिकाको ठुलो भूमिका रहने भएकोले आफूलाई सहयोग गरिदिन एसपी चिमरियाले मेयर कोइरालासँग आग्रह गरेको मेयर कोइरालाका प्रेस संयोजक मीनकुमार नवोदितले बताए ।

कोशी प्रदेश सरकारले २०८१ साल माघ ११, १२ र १३ गते विराटनगरमा लगानी सम्मेलनको आयोजना गर्दैछ । जुन सम्मेलनमा विदेशी लगानी कर्ता, दातृनिकायका पदाधिकारी र एन.आर.एन. का पदाधिकारी आउने भएकोले सोही अनुसार शान्ति सुरक्षा कायम गर्न एसपी चिमरिया र मेयर कोइराला बिच भेटघाट भएको हो ।

सोमबार मोरङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी चिमरियाले बुधबार मोरङका सञ्चारकर्मीहरू सँग भेटघाट गर्ने कार्यक्रम तय गरेका छन् ।