- चिरफार डटकम, विराटनगर ४९२ पटक हेरिएको
बिहिबार, आश्विन १७, २०८१ समय : १४:३२:१४ , २ महिना अगाडि
मारवाडी समुदाय भित्रको माहेश्वरी समाजले असोज १८ गते शुक्रबार विराटनगरमा डाँडिया कार्निवल कार्यक्रमको आयोजना गर्दैछ । माहेश्वरी समाज अन्तर्गतको माहेश्वरी महिला मञ्च विराटनगर र माहेश्वरी युवा मञ्च विराटनगरले संयुक्त रुपमा डाँडिया नृत्यको आयोजना गर्न लागेको हो ।
विराटनगरस्थित जैन भवनको प्राङ्गणमा शुक्रबार साँझ ६ बजेदेखि डाँडिया नृत्य सुरु हुने माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष ललिता जाजुले बताइन । जहाँ हजारौं मारवाडी महिलाले सामूहिक रुपमा डाँडिया नृत्य प्रस्तुत गर्नेछ । माहेश्वरी युवा मञ्च विराटनगरका अध्यक्ष अजय राठीले डाँडिया नृत्यका लागि भारतको जयपुरबाट डिजे मगाइएको बताए ।
माहेश्वरी समाज विराटनगरका अध्यक्ष एवं उद्योगी घनश्याम काबरा सहित समाजका विशिष्ट व्यक्तिहरू डाँडिया नृत्य कार्यक्रममा सहभागिता जनाउने छन् । बाबा सनफ्लावर आयल, सेलो सनफ्लावर आयल, सेन्चुरी स्पाइस एण्ड स्नेक्स, गुडलाईफ बिस्कुट, प्रिमियर स्टील, म्याजिक सुज र एनआईसी एसिया बैंकले माहेश्वरी समाजको डाँडिया नृत्यलाई व्यवसयीक विज्ञापन उपलब्ध गराएर सहयोग गरेका छन् । डाँडिया नृत्य हेर्नको लागि अनिवार्य रुपमा टिकटको व्यवस्था गरिएको छ ।