स्व. लालवानीलाई कांग्रेस विराटनगर महानगर समितिको श्रद्धाञ्जली 

  • चिरफार डटकम, विराटनगर ५५१  पटक हेरिएको

आइतबार, आश्विन १३, २०८१ समय : १८:४६:४४ , २ महिना अगाडि

नेपाली कांग्रेस विराटनगर महानगर समितिले स्व. निर्मल लालवानी प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईं, उपसभापति इन्दु सुवेदी र निरज कोइराला, सचिव तेजिन्द्र भट्टराई र झुमा निरौला नेतृत्वको पदाधिकारी र कार्यसमितिका सदस्यहरूले आइतबार विराटनगर–३ स्थित स्व. लालवानीको मूल घरमै पुगेर श्रद्धाञ्जली व्यक्त गरे ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं कोशी प्रदेश सांसद भीम पराजुली, आमन्त्रित केन्द्रिय सदस्य हसन अन्सारी, कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी, नेपाली कांग्रेस कोशी प्रदेश समितिका कोषाध्यक्ष राजेश गुप्ता, कांग्रेस युवा नेता कृष्ण कार्की आइतबार स्व. लालवानीको घरमै पुगेर श्रद्धाञ्जली व्यक्त गरे ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थीसंघ मोरङले आइतबार नै स्व. लालवानी प्रति श्रद्धाञ्जली व्यक्त गरे । नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेल र सचिव गुड्डु साह नेतृत्वको पदाधिकारी र कार्यसमितिका सदस्यहरू श्रद्धाञ्जली व्यक्त गर्न स्व. लालवानीको घर पुगेका थिए । नेपाली कांग्रेसका क्रियाशील सदस्य स्व. लालवानीको असोज ४ गते निधन भएको थियो ।