- चिरफार डटकम, विराटनगर ४९५ पटक हेरिएको
सोमबार, आश्विन ०७, २०८१ समय : १४:१०:४८ , २ महिना अगाडि
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख, प्रहरी निरीक्षक राजन लम्सालले विराटनगरलाई व्यवस्थित सहरको रुपमा परिचित गराउने उद्देश्यका साथ ट्राफिक व्यवस्थापको काम सुरु गरेका छन् ।
भाद्र २६ गते मोरङ ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक लम्सालले अस्तव्यस्त अवस्थामा पुगेको विराटनगरको सडकलाई व्यवस्थित बनाउने उद्देश्यका साथ ट्राफिक व्यवस्थापनको काम सुरु गरेको हो । मोरङ ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको २ साता पछि सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर लम्सालले नेपालीहरूको महान चार्ड पर्व विजया दशमी र शुभ दीपावलीलाई लक्षित गरेर विराटनगरको सडकलाई व्यवस्थित बनाउने गरी काम थालिएको बताए ।
लम्सालले कार्यभार सम्हालेको एक साता भित्र मोरङ ट्राफिक प्रहरी कार्यालय विराटनगरको ट्राफिक चौकबाट मुनालपथ स्थित भाडाको घरमा सरेका छन् । पत्रकार सम्मेलनमा लम्सालले भने– विराटनगरमा सिटी सफारीको व्यवस्थापन ठुलो समस्याको रुपमा देखिएको छ । सिटी सफारी चलाउने चालकले नत सिटी सफारीलाई दर्ता गराउँछन् नत नवीकरण नै गराउँछन् । लाइसेन्स लिनेको संख्या पनि न्यून छ ।
ट्राफिक व्यवस्थापन सम्बन्धी कुनै किसिमको जानकारी नभएको कारण जथाभावी बाटो काट्ने, पार्किङ नगर्नेदेखि मुख्य सडक मार्गको बिच सडकमै रोकेर यात्रु उठाउँदा दुर्घटना हुने देखि अन्य सवारी साधन मार्कामा परिरहेको बताए । सिटी सफारीको संख्या संकलनको काम भइरहेको छ । र त्यस पछि स्थानीय सरकार विराटनगर महानगरपालिका सँग सहकार्य गरेर सिटी सफारीलाई व्यवस्थित बनाउने गरी काम भइरहेको लम्सालले बताए ।