- चिरफार डटकम, विराटनगर ७२६ पटक हेरिएको
शुक्रबार, आश्विन ०४, २०८१ समय : १६:०५:१४ , २ महिना अगाडि
न्विराटनगर–३ निवासी निर्मल लालवानीको शुक्रबार ६१ वर्षको उमेरमा निधन भएको छ । लालवानी लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका थिए । सुगर प्रेसर रोगबाट पीडित लालवानीमा पछिल्लो समय किड्नी रोगको समस्या देखिएको थियो । एक साता अगाडि एक्कासी हर्टट्याक हुँदा विराट टिचिङ अस्पतालमा उपचार गराइ रहेका लालवानीको शुक्रबार बिहान उपचारकै क्रममा निधन भएको हो ।
लालवानीको श्रीमती सहित १ छोरा र १ छोरी रहेका छन् । श्रीमती सरिता लालवानी लामो समयदेखि सामाजिक संगै महिला सशक्तिकरणको क्षेत्रमा सक्रिय भएर काम गरिरहेकी छिन् । सरिता लालवानी मारवाडी महिला मञ्च विराटनगरका अध्यक्ष पदमा कार्यरत रहेकी छिन । छोरा मोहित लालवानी नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रिय सचिव र मारवाडी युवा मञ्च विराटनगरका उपाध्यक्ष रहेका छन् ।
विराटनगरमा लालवानी परिवारको १ सय ५० वर्षको इतिहास छ । भारतको राजस्थानबाट विराटनगर आएका लालवानी परिवारको बोलवाला छ । स्व. पारसमल लालवानीका फुलकुमार लालवानी, निर्मल लालवानी, पवन लालवानी, संजय लालवानी र विकास लालवानी गरी ५ छोरा रहेका छन् । जसमध्ये शुक्रबार निर्मल लालवानीको निधन भएको हो । फुलकुमार लालवानी लामो समयदेखि नेपाल कांग्रेसको राजनैतिकमा सक्रिय रहेका छन् । स्व. निर्मल लालवानीको शुक्रबार नै विराटनगरको सिङ्घिया घाटमा अन्त्येष्टी गरिएको छ ।