
- ब्रह्मदेव यादव, विराटनगर ७५९ पटक हेरिएको
शुक्रबार, भाद्र २८, २०८१ समय : १४:३८:०६ , ७ महिना अगाडि
नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले मोरङ जिल्लाको कटहरी गाउँपालिकामा आयोजना गरेको कृषि एक्स्पोमा शुक्रबार कृषि विज्ञ र किसान बिच छलफल भएको छ । कोशी प्रदेशको विभिन्न जिल्लाबाट कृषि एक्स्पोमा सहभागिता जनाएका३ सय भन्दा बढि किसान तथा नेपाल र भारतका १५ कृषि विज्ञ बिच छलफल भएको हो । कोशी प्रदेश उर्वर भूमि हो । कोशी प्रदेशमा सबै सामग्री उत्पादन भइरहेका छन् ।
कोशी प्रदेशमा उत्पादित सामग्रीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याएर किसानलाई बढि भन्दा बढि फाइदा पुर्याउने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले कृषि एक्स्पोको आयोजना गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं उद्योगी राजेन्द्र राउतले कृषि उत्पादन बढाउने उद्देश्यका साथ किसानलाई कृषि विज्ञसँग सम्वाद र छलफल चलाइएको बताए ।
कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगर, कोशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहाल, नेपाल बहुउद्देश्य सहकारी संस्था काँकरभिट्टा झापाका कृषि विज्ञ रामचन्द उप्रेती, तरकारी उत्पादन सहकारी संस्था बसन्तपुर धनकुटाका कृषि विज्ञ मेगेन्द्र गुरुङ, आरजु राइस मिल डाँगिहाट मोरङका कृषि विज्ञ डा. विवेकानन्द झा, नेपाल थोपा सिचाई प्रा.लि. चितवनका कृषि विज्ञ खोजराज कटुवाल कृषि उद्यमी तथा अध्यक्ष होमस्टे एसोसिएसन कोशी प्रदेशका लिला भट्टराई किसान सँग सम्वाद र छलफल गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघले भाद्र २७ देखि ३० गतेसम्म सञ्चालनमा रहने गरी कृषि एक्स्पो २०८१ को आयोजना गरेको हो । कृषि एक्स्पोमा नेपाल र भारतका गरी १ सय ३० भन्दा बढि स्टल रहेका छन् ।