पूर्व प्रधानमन्त्री नेपालले गरे कृषि एक्स्पोको अवलोकन

  • ब्रह्मदेव यादव, विराटनगर ७२५  पटक हेरिएको

बिहिबार, भाद्र २७, २०८१ समय : १९:२३:३१ , २ महिना अगाडि

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहीबार कृषि एक्स्पोको अवलोकन गरेका छन् । निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले मोरङ जिल्लाको कटहरी गाउँपालिकामा कृषि एक्स्पो २०८१ को आयोजना गरेका छन् ।

भाद्र २७ देखि ३० गतेसम्म कृषि एक्स्पो सञ्चालनमा रहने छ । एक्स्पोको पहिलो दिन बिहीबार पूर्व प्रधानमन्त्री नेपालले कृषि एक्स्पोको अवलोकन गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष उद्योगी राजेन्द्र राउतले पूर्व प्रधानमन्त्री नेपाललाई कृषि एक्स्पोमा रहेका नेपाल र भारतका १ सय ३० स्टलको निरीक्षण गराएका थिए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपाल कृषि एक्स्पोको अवलोकन गरिरहँदा पार्टीका उपमहासचिव एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राई र पार्टीका केन्द्रिय सदस्य ओसिम आलम साथमै थिए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघीय सरकारका कृषि मन्त्री रामनाथ अधिकारीले बिहीबार कृषि एक्स्पोको उद्‌घाटन गरेका थिए ।