- ... ३०१ पटक हेरिएको
शनिबार, माघ १४, २०७९ समय : २२:२२:२१ , २ वर्ष अगाडि
- ब्रह्ममदेव यादव, विराटनगर
नेपाल र भारत सरकारले संयुक्त रुपमा सीमास्तम्भको मर्मतसम्भार र रंगरोगन गर्ने भएको छ । जसका लागि नेपाल र भारतका सुरक्षा अधिकारीले मेचीदेखि महाकाली सम्मको दश गज्जा क्षेत्रमा सीमास्तम्भको रुपमा रहेको पिल्लरको नापी गरिरहेकोछ ।
दुवै देशका सुरक्षा अधिकारीले शुक्रबार र शनिबार मोरङ जिल्लाको दश गज्जा क्षेत्रमा रहेको पिल्लरको अवस्था बारे बुझ्ने काम गरेको छ । दुवै देशको नक्सामा सीमास्तम्भको रुपमा रहेको कतिपय पिल्लर बेपत्ता भएको विषयमा सत्यतथ्य पत्तालगाएर दुवै देशका सुरक्षा अधिकारीले नयाँ सीमास्तम्भ निर्माण गर्ने गरी नापी जारी राखेको छ ।
सीमास्तम्भ नापीका लागि नेपाल र भारतका १४ जना सुरक्षा अधिकारी खटिएका छन् । मेचीदेखि महाकालीसम्मको नेपाल र भारतको सिमाना जोडिएका जिल्लामा खटिएका सुरक्षा अधिकारी र नापी विभागका अधिकारी सीमास्तम्भ नापी कार्यमा जुटेको छ ।
शसस्त्र प्रहरीबल रानी बीओपीका प्रमुख प्रहरी निरिक्षक बुद्ध श्रेष्ठले सीमास्तम्भको रुपमा दश गज्जा क्षेत्रमा रहेको पिल्लरको नापी भईरहेको जानकारी गराए । नापीको काम सकिसकेपछि सरकारको स्वकृति लिएर पिल्लरको मर्मत सम्भार र रंगरोगनको काम अगाडी बढ्ने श्रेष्ठले बताए ।
दश गज्जा क्षेत्रमा अबैध घर तथा टहरा निर्माण गरेर बसिरहेका दुवै देशका नागरिकलाई हटाउने बारे दुवै देशका सुरक्षा अधिकारीले छलफल गरेको छ ।