- ... ४०२ पटक हेरिएको
शुक्रबार, माघ १३, २०७९ समय : १७:५०:४२ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
मोरङका ५० भन्दा बढि दलित परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । विगत केही समय यता चिसो बढिरहेको बेला दातृ निकायले जिल्लामा न्यानो कपडा वितरण अभियान संचालन गरेको छ । यस क्रममा केयर एण्ड डेभलपमेन्ट अगएनाइजेसन (सिडियो) नेपालले बुढीगंगा गाउँपालिकाका ५० दलित परिवारलाई न्यानो लुगाबितरण गरेको छ ।
बुढीगंगा गाउँपालिका वडा नं. ५ मा बसोवास गर्दै आएका दलित समुदायका बस्तिमा पुगेर अर्गनाइजेसनले न्यानो लुगा वितरण गरेको हो । चिसोका कारण ओड्ने तथा ओच्छ्याने कपडाको समेत अभावमा पिडामा रहेका स्थानीयलाई संस्थाको तर्फबाट कपडा वितरण गरिएको हो ।
त्यसैगरी अर्गनाइजेसनले गाउँपालिकाको वडा नं. २ मा रहेको मधुग्राम आधारभुत विद्यालयका १ सय ७५ जना छात्र छात्राहरुलाई स्वेटर वितरण गरेको छ । कार्यक्रममा सिडियो नेपालका कार्यकारी निर्देशक आरती बस्नेतले चिसोका कारण समस्या झेल्दै आएका बिपन्न परिवार तथा बालबालिकाहरुलाई राहत होस भन्ने उद्देश्यले न्यानो लुगा वितरण अभियान संचालन गरेको बताए ।