डा. शेखर कोइराला, गिरिजाप्रसाद कोइरालाका उत्तराधिकारी– सुजाता कोइराला

  • ब्रह्मदेव यादव, विराटनगर ५२९  पटक हेरिएको

आइतबार, भाद्र १६, २०८१ समय : १४:०२:२८ , ३ महिना अगाडि

नेपाल कांग्रेसकी महिला नेत्री सुजाता कोइरालाले डा. शेखर कोइराला, गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारी रहेको घोषणा गरेकी छिन् । कांग्रेस केन्द्रिय सदस्य एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाको अभिव्यक्तिले कांग्रेसको संस्थापन पक्ष शेरबहादुर देउवा क्याम्पमा खैलाबैला मच्चिएका छन् ।

सुशिल कोइराला फाउण्डेशन विराटनगरले शनिबार विराटनगरमा आयोजना गरेको दिदी–बहिनी तीज कार्यक्रमका प्रमुख अतिथि सुजाता कोइरालाले अब कांग्रेसमा डा. शेखर कोइराला नै गिरिजाप्रसाद कोइरालाको आधिकारिक उत्तराधिकारी रहेको अभिव्यक्ति दिए । कांग्रेस भित्र गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारीको हुने विषयमा चरम विवाद थियो ।

जसका कारण कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशनमा डा. शेखर कोइराला सभापतिमा चुनाव लडेर पराजित भएका थिए । डा. शेखर कोइरालालाई सभापति बन्न नदिन कोइराला परिवारका सुजाता कोइराला र डा. सशांक कोइराला देउवा क्याम्पमा लागेर डा. शेखर कोइरालालाई पराजित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कोइराला परिवार एकजुट नहुँदा १५औं राष्ट्रिय महाधिवेशनमा डा. शेखर कोइराला सभापति बन्न सक्दैन भन्ने कुरा बुझेर नै सुजाता कोइराला कांग्रेस परिवारलाई संगठित गर्दै डा. शेखर कोइरालालाई गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारी घोषित गरेका छन् ।

सुजाता कोइराला, डा. शेखर कोइरालालाई गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारी घोषणा गरिरहँदा कांग्रेस केन्द्रिय सदस्य एवं कोशी प्रदेश सभा सदस्य अमृत अर्याल र भीम पराजुली, कोश प्रदेशका सहमहामन्त्री प्रमिला गच्छदार, मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी, मोरङका उपसभापति एवं विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, सुशिल कोइराला फाउण्डेशनका अध्यक्ष मृदुला कोइराला, महासचिव एवं कांग्रेस विराटनगर महानगर समिति सभापति दिपक चापागाईं र फाउण्डेशनका सदस्य इन्दिरा कार्की मञ्चमा उपस्थित थिए ।