- चिरफार डटकम, विराटनगर ४१० पटक हेरिएको
बिहिबार, भाद्र १३, २०८१ समय : १९:०२:२१ , ३ महिना अगाडि
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजनाको अनुगमन गरेका छन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राणामगर मुख्य सचिव केदारनाथ शर्मा र सचिव अशोक साह अनुगमन टोलीमा सहभागि थिए । कोशी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको परियोजनाको पहिलो चरणको निर्माण कार्य जारी छ ।
परियोजनाको पहिलो चरणको निर्माण कार्य सम्पन्न गर्न ५८ करोड रुपैयाँ खर्च लाग्ने पूर्वअनुमान गरिएपनि ३० करोड ३० लाख रुपैयाँमा काम सम्पन्न गर्ने गरी निर्माणाधीन कम्पनीसँग प्रदेश सरकारले सम्झौता गरेका छन् । २०८१ चैत्र महिना भित्र पहिलो चरणको निर्माण कार्य पुरा हुने निर्माणाधीन कम्पनीले प्रदेश सरकारलाई विश्वास दिलाउने प्रयास गरेका छन् ।परियोजनाको पुरै निर्माण कार्य सम्पन्न गर्न २ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । परियोजनाको निर्माण कार्य ३ वर्षभित्र पुरा हुनेछ ।
कोशी प्रदेश सरकारका पूर्वमन्त्री एवं नेकपा एमालेका नेता जगदिशप्रसाद कुसियैतले मुख्यमन्त्री कार्कीलाई कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजनाको विषयवस्तु र स्थानीयवासीको समस्याको बारेमा बिहीबार जानकारी गराएका छन् । पूर्वपछि राजमार्गसँग जोडिएको कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजना कोशी गाउँपालिका अन्तर्गत कोशी ब्यारेज पूर्वपट्टि भन्टाबारी नजिक रहेका छन् ।
कुल २२ बिगाहा १२ कठ्ठा क्षेत्रफल जग्गामा निर्माणाधीन परियोजनामा १ सय ७५ वटा बसलाई पार्किङ गर्ने स्थल, पेट्रोलपम्प, चालकहरूका लागि विश्रामस्थल, स्वीर्मिग पुल, प्रहरी चौकी, स्वास्थ्य चौकी र होटल रेष्टुरेन्टका संरचना निर्माण हुनेछ । काठमाडौं, पोखरा, बुटवल, भैरहवा, धनगढी लगायत लामो दुरीको स्थानबाट पूर्वतर्फ गन्तव्य नजिक आइपुगेपछि सर्वसाधारणलाई फ्रेसहुन कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजनाको निर्माण हुन लागेको हो ।