- चिरफार डटकम, विराटनगर ४८० पटक हेरिएको
आइतबार, भाद्र ०२, २०८१ समय : १७:५५:५० , ३ महिना अगाडि
विराटनगरबाट निरन्तर प्रकाश भइरहेको उद्घोष दैनिक २०औं वर्षमा प्रवेश गरेको छ । कोशी प्रदेशको राजधानी विराटनगर स्वास्थ्य र शैक्षिक हब हो । उद्घोष दैनिकले २०औं वार्षिकोत्सवको अवसरमा निरन्तर ४ पेज प्रकाशन भइरहेको पत्रिकालाई २४ पेज थपेर २८ पेज प्रकाशन गरेका छन् ।
जुन २८ पेजको उद्घोष दैनिकको वार्षिकोत्सव विशेषाङ्कलाई स्वास्थ्य र शैक्षिक हवको विषयवस्तुलाई उठान गरेका छन् । उद्घोष दैनिकले आइतबार विराटनगरमा आयोजना गरेको २०औं वार्षिकोत्सवको कार्यक्रममा सबै क्षेत्र तह र तप्काका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।
प्राध्यापक कृष्ण पोखरेल प्रमुख अतिथि रहेको कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष भीम घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नविन रिजाल, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, विराट व्यापार संघका अध्यक्ष अंशु बन्जरा, सुरक्षा निकायका उच्चपदका पदाधिकारी, उद्योगी, व्यवसायी, स्वास्थ्य तथा शिक्षा क्षेत्रका विज्ञ राजनैतिक दलका नेताहरूको बाक्लो संख्यामा उपस्थिति रहेको थियो । उद्घोष दैनिकका सम्पादक मोहन भण्डारी, प्रबन्ध निर्देशक बन्धु पोखरेल र प्रबन्ध सम्पादक विजय खतिवडाले कार्यक्रममा उपस्थित व्यक्तिहरूलाई स्वागत गरेका थिए ।