- ब्रह्मदेव यादव, विराटनगर ११२३ पटक हेरिएको
आइतबार, भाद्र ०२, २०८१ समय : १२:१७:१९ , ३ महिना अगाडि
विराटनगर भन्सार कार्यालयको परिसरमा पशुपतिनाथको मन्दिर निर्माण भएको छ । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकिनन्दन शर्माको सक्रिय प्रयासबाट भन्सार कार्यालयको परिसरमा १० लाख भन्दा बढि रकम खर्चेर पशुपतिनाथ मन्दिरको निर्माण कार्य पुरा भएको हो । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाल र विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकिनन्दन शर्माले आइतबार संयुक्त रुपमा नवनिर्मित पशुपतिनाथ मन्दिरको उद्घाटन गरेका छन् ।
विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकिनन्दन शर्माले आइतबार भव्य समारोहको आयोजना गरेर पशुपतिनाथ मन्दिरको उद्घाटन गरेका छन् । विराटनगर भन्सार कार्यालयका अधिकृत तेजमणी काफ्ले र पर्शुराम दाहाल, भन्सार कार्यालयका कर्मचारी र भन्सार एजेन्टहरू पशुपतिनाथ मन्दिरको उद्घाटन समारोहमा सहभागि थिए । देवकिनन्दन शर्मा विराटनगर भन्सार एजेन्ट संघको पहिलो पटक अध्यक्ष रहेको बेला पशुपतिनाथ मन्दिरको शिलान्यास गरिएको थियो ।
देवकिनन्दन शर्मा दोस्रो पटक विराटनगर भन्सार एजेन्ट संघको अध्यक्ष रहेको बेला पशुपतिनाथ मन्दिरको निर्माण कार्य सम्पन्न गरेर उद्घाटन गराउन सफल भएका छन् । विराटनगर भन्सार कार्यालयका पूर्व प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाले पशुपतिनाथ मन्दिरको शिलान्यास गरेका थिए । अहिलेका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले पशुपतिनाथ मन्दिरको उद्घाटन गरेका छन् ।
विराटनगर भन्सार कार्यालयका कर्मचारी, भीम घिमिरेले विराटनगर भन्सार कार्यालयका कर्मचारी र एजेन्टहरूलाई पूजापाठ गर्नका लागि भन्सार परिसरमा पशुपतिनाथ मन्दिरको निर्माण भएको बताए । उद्घाटन पछि पशुपतिनाथको मन्दिरमा प्राणप्रतिष्ठाको आयोजना गरिएको थियो । भन्सार अधिकृत तेजमणि काफ्ले र पर्शुराम दाहाल र विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकिनन्दन शर्मा प्राणप्रतिष्ठामा सहभागि थिए ।