- चिरफार डटकम, विराटनगर ४१५ पटक हेरिएको
शुक्रबार, साउन ११, २०८१ समय : १८:०६:२१ , ४ महिना अगाडि
कोशी प्रदेश खेलकुद विकास बोर्डमा शैक्षिक योग्यता तोक्न मुख्यमन्त्री हिक्मत कार्की माथि दवाव बढेको छ । नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय खेलकुद परिषद र कोशी प्रदेश खेलकुद विकास बोर्डमा दुई बेग्लाबेग्लै विभेदकारी ऐन लागू भएकोले त्यसलाई खारेज गरेर एकरूपता ल्याउन मुख्यमन्त्री कार्की माथि थप दवाव परेको छ ।
राष्ट्रिय खेलकुद परिषदमा सदस्य सचिव नियुक्ति गर्दा स्नातक तह वा सो सरहको प्रमाणपत्र अनिवार्य हुनु पर्ने शैक्षिक योग्यता निर्धारण गरिएको छ । तर कोशी प्रदेश खेलकुद विकास बोर्डमा सदस्य सचिव नियुक्ति गर्दा शैक्षिक योग्यता हटाइएको छ ।
यही विषयमा विवाद हुँदा कोशी प्रदेश सरकारले एक साता भित्रमा विधान परिमार्जन गरेर शैक्षिक योग्यता लागू गर्ने तयारीमा जुटेको छ ।