- चिरफार डटकम, विराटनगर ८०७ पटक हेरिएको
आइतबार, साउन ०६, २०८१ समय : १३:४६:२९ , ४ महिना अगाडि
माहेश्वरी महिला मञ्च विराटनगरले विराटनगरमा आयोजना गरेको दुई दिने श्रावण मेला भव्य रुपमा सम्पन्न भएको छ । मञ्चले श्रावण ४ र ५ गते अर्थात शुक्रबार र शनिबार विराटनगरको अतिथि सदनमा आयोजना गरेको श्रावण मेलाको समाजका हरेक क्षेत्र तह र तप्काका ४ हजारभन्दा बढि विशिष्ट व्यक्तिदेखि सर्वसाधारणहरूले अवलोकन गरेका छन् ।
ललिता जाजु माहेश्वरी महिला मञ्च विराटनगरको अध्यक्ष पदको जिम्मेवारी सम्हाले पछि पहिलो कार्यक्रम श्रावण मेलाको आयोजना गरेको हो । जुन मेला भव्य रुपमा सम्पन्न भएका छन् । ललिता जाजु प्रतिष्ठित उद्योगी महेश जाजुका भाई आनन्द जाजुका श्रीमती हुन् । मेला सफल हुनु नै अध्यक्ष ललिता जाजु सफल हुनु हो ।
मेलालाई भव्य रुपमा सम्पन्न गर्न जाजु परिवारका सदस्यहरू आनन्द जाजु, आशिष जाजु, जयश्री जाजु जोडतोडका साथ लागि परेका थिए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साउन ४ गते शुक्रबार मेलाको उद्घाटन गरेका थिए ।
मेलामा नेपाल र भारतका ३३ स्टल रहेका थिए । र ती स्टलबाट रेडिमेड लत्ताकपडा, कस्मेटिकका सामग्री बिक्री भएका थिए । मेलाको आयोजक माहेश्वरी महिला मञ्चले मेलाको खर्च कटाएर बचेको रकम सामाजिक क्षेत्रमा खर्च गरिने अध्यक्ष ललिता जाजुले बताइन ।