मारवाडी सेवा सदनमा निर्वाचित कार्यकारिणी सदस्यलाई प्रमाणपत्र वितरण

  • ब्रह्मदेव यादव, विराटनगर ६३७  पटक हेरिएको

शुक्रबार, साउन ०४, २०८१ समय : १७:११:३० , ४ महिना अगाडि

मारवाडी सेवा सदन विराटनगरमा निर्वाचित कार्यकारिणी सदस्यलाई शुक्रबार प्रमाणपत्र वितरण गरिएको छ । सदनमा संरक्षक समिति, विशेष समिति, सहयोगी समिति र प्राथमिक समितिबाट १६ जना कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचित भएका अशोक अग्रवाल, अशोक अटल, ओमप्रकाश अग्रवाल, दिपककुमार अग्रवाल, कृष्ण लोहिया, राजकुमार अग्रवाल, महेन्द्र खेतान, मागीलाल झवर, शिवकुमार अग्रवाल, नविनकुमार अग्रवाल, फकिरचन्द अग्रवाल, विजयकुमार अग्रवाल, सुरेश नौलखा, मुलचन्द तापडिया, रामलाल तापडिया र विनोद शर्मालाई सदनका संस्थापक अध्यक्ष देवेन्द्र राजगढिया, निवर्तमान अध्यक्ष ताराचन्द खेतान, वर्तमान अध्यक्ष देवकीनन्दन अग्रवाल, उपाध्यक्ष नन्दकिशोर राठी (तीनपैनी) र निर्वाचन समितिका संयोजक पुनम गुप्ताले प्रमाणपत्र वितरण गरेका छन् ।

सदनमा ७१ जना संस्थापक सदस्य रहेका छन् । र ती सबै कार्यकारिणी सदस्य रहने सदनको विधानले व्यवस्था गरेको छ । सदनले ४ जनालाई पदेन सदस्यमा मनोनयन गर्ने व्यवस्था छ । यसरी ९१ जना कार्यकारिणी सदस्यबाट अध्यक्ष र १५ जनाको स्थायी समिति गठन गर्ने व्यवस्था छ । नवनिर्वाचित अध्यक्षले उपाध्यक्षमा २ जना, महासचिवमा १ जना, सचिवमा २ जना र कोषाध्यक्षमा १ जना र बाँकी कार्यकारिणी सदस्यमा मनोनयन गर्ने व्यवस्था छ ।