सुनिता साहमाथि नियमित कुटपिट

  • ब्रह्मदेव यादव, विराटनगर ८७८  पटक हेरिएको

शुक्रबार, साउन ०४, २०८१ समय : १६:५३:१७ , ४ महिना अगाडि

विराटनगर महानगरपालिका वडा नं. ११ निवासी डा. श्यामप्रसाद साहले आफ्नै श्रीमती सुनिता साहलाई नियमित कुटपिट गरिरहेको रहस्य बाहिरिएको छ । सुनिता साहले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरेर आफूलाई श्रीमान् डा. श्याम साहले नियमित कुटपिट गरिरहेकोले राज्य उदासिन रहेको आरोप लगाएकी छिन् ।

सुनिता साह भारतीय नागरिक हुन । दिल्ली माइती घर भएका सुनिता साहको ८ वर्ष अघि विराटनगरका डा. श्याम साह सँग विवाह भएको हो । सुनिता साहको ६ वर्षीय शिवाङ्गी साह नाम गरेकी छोरी छिन् । विवाह भएकै समयदेखि डा. श्याम साहले श्रीमती सुनिता साहलाई नियमित कुटपिट गर्दै मानसिक यातना दिदैँ आएका छन् ।

डा. श्याम साहको कुटपिटबाट सुनिता साहको शरीरभरि निलडाम छ । जिल्ला प्रहरी कार्यालय मोरङमा सुनिता साहले श्रीमान् डा. श्याम साहका विरुद्ध अभद्र व्यवहारको मुद्दा र जिल्ला अदालत मोरङमा घरेलु हिंसा तथा अंशचलन मानो चामलको मुद्दा दायर गरेका छन् । दुवै मुद्दा बिचारधिन अवस्थामा रहेको बेला डा. श्याम साहले श्रीमती सुनिता साहलाई निरन्तर कुटपिट गर्दै सम्बन्ध विच्छेद गरेर भारत फर्किन दवाव दिई रहेका छन् । तर सुनिता साह डा. श्याम साह सँग सम्बन्ध विच्छेद गर्ने पक्षमा छैन ।

डा. श्याम साहले ३ पटक औषधि खुवाएर साना क्लिनिकमा लगी श्रीमती सुनिता साहलाई गर्भपतन गराएको स्वयम् सुनिता साहले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकी छिन् । डा. श्याम साहको एउटी युवतीसँग प्रेम सम्बन्ध रहेका छन्  । डा. साह र युवती बिच रहेको प्रेम सम्बन्धको वाट्याप च्याटमा भएको दोहोरो संवाद आदानप्रदानको टेक्स सुनिता साहले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेकी छिन् ।

विराटनगर–११ का श्याम साह विराटनगरमा प्रोफेसनल इन्स्टिच्युट सञ्चालन गरी रहेका छन् । विराटनगर–१५ स्थित श्री राम बोर्डिङ स्कुल भित्रै इन्स्टिच्युट सञ्चालनमा रहेको सुनिता साहले बताए ।