- ब्रह्मदेव यादव, विराटनगर ८६७ पटक हेरिएको
बिहिबार, साउन ०३, २०८१ समय : १८:०६:०५ , ४ महिना अगाडि
विराटनगर–१० स्थित अरनिको कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि बिहीबार अभिमुखीकरण कार्यक्रम आयोजना गर्यो । अरनिको कलेजले कक्षा ११ तर्फ विज्ञान र व्यवस्थापन संकायमा १ हजार १ सय भन्दा बढि विद्यार्थी भर्ना लिएका छन् । भर्ना भएका सबै विद्यार्थी बिहीबार कलेजको अभिमुखीकरण कार्यक्रममा सहभागिता जनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपालकै प्रख्यात उत्प्रेरक रमण भट्टराईले “सकारात्मक सोच र अध्ययन” विषयमा नवआगन्तुक विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान गरेका थिए । अरनिको कोशी प्रदेशको मात्रै होइन नेपालकै उत्कृष्ट कलेज हो । र यस कलेजमा पढ्न पाउनु भनेको भोलि देशको डाक्टर र इन्जिनियर बन्नु जस्तै रहेकोले कडा मेहनत र परिश्रमका साथ अध्ययन गर्न विद्यार्थीहरूलाई उत्प्रेरक भट्टराईले प्रशिक्षण प्रदान गरेका थिए ।
अरनिको कलेजका सञ्चालक तथा प्रिन्सिपल राजेश कार्की, सञ्चालक तथा प्राध्यापक भरत दाहाल, संचालक तथा विज्ञान संकाय तर्फका कोर्डिनेटर विकास खनालले कलेजमा अध्ययन गर्न आएका विद्यार्थीहरूलाई डिसिप्लेन कायम गर्नेदेखि शैक्षिक गतिविधिको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा अभिभावकको तर्फबाट एस्पायक कलेजका प्रिन्सिपल सीएम बस्नेतले अरनिको नेपालकै उत्कृष्ट कलेज भएकोले कडा मेहनत र लगनशीलताका साथ अध्ययन गर्न विद्यार्थीहरूलाई सुझाव दिए ।
कार्यक्रममा एसईईमा ४.० जीपीए ल्याउने ६ जना विद्यार्थीहरू अन्वेशा बस्नेत, गृश्मा लुईंटेल, प्रतिभा रौनियार, सुब्रत बराल, कृतज्ञ दाहाल र अजय लिम्बुलाई प्रवेश परीक्षा उच्च अंक हासिल गरेकोले “राजबहादुर कुँवर–कमला कुँवर” छात्रवृत्ति पुरस्कार प्रदान गरेका थिए । अरनिको कलेजले विज्ञान संकाय तर्फ १ हजार भन्दा बढि विद्यार्थी भर्ना लिएका छन् । साउन ६ गतेदेखि विज्ञान संकाय तर्फको कक्षा सञ्चालन हुनेछ ।