एमाले–कांग्रेस गठबन्धन सरकार निर्माणको सुत्रधार मोती दुगड

  • ब्रह्ममदेव यादव, विराटनगर २६७८  पटक हेरिएको

शनिबार, आषाढ २९, २०८१ समय : ११:१६:३८ , ४ महिना अगाडि

नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धन सरकार निर्माणको मुख्य सुत्रधार एमाले केन्द्रिय सदस्य एवं उद्योगी मोती दुगड रहेको रहस्य बाहिरिएको छ । नेपालको राजनैतिकमा मोती दुगड सक्रिय नरहेको भए सायद एमाले–कांग्रेस गठबन्धनको सरकार सम्भव नै थिएन ।

एमाले केन्द्रिय सदस्य एवं उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोती दुगडले सुरुमा एमाले कांग्रेस गठबन्धनको सरकार बनाउँ भनेर प्रस्ताव गर्दा दुवै पार्टीका शिर्ष नेताहरू मान्न तयार भएनन् । तर पनि हार नखाई दुगड निरन्तर दुवै पार्टीका शिर्ष नेताहरूसँग भेटघाट र सम्वाद गर्दै देशको आर्थिक उन्नति तथा समृद्धिका लागि स्थायी सरकारको आवश्यकता रहेको र जसका लागि ठूला दुई दल मिल्नु पर्ने गरेको प्रयास सफल भएका छन् ।

जसको चौतर्फी प्रशंसा भई रहेको छ । पछिल्लो समय मोती दुगड नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहित शिर्ष नेतासँग ठूला दुई दल नमिले देशको आर्थिक समृद्धिउन्नति सम्भव नरहेको भन्दै देशलाई अगाडि बढाउन ठूला दुई दल मिल्नु पर्ने प्रस्ताव सहित निरन्तर भेटघाट र संवाद जारी राखेका थिए ।

देशका दुई प्रमुख ठूला दल एमाले र कांग्रेसलाई एक ठाउँमा ल्याउन सम्भव थिएन । तर मोती दुगड कै कारण यो ऐतिहासिक काम सम्पन्न भएको छ । दुई ठूला राजनैतिक दल एमाले र कांग्रेसका शिर्ष नेताहरूले पनि मोती दुगडले गरेको प्रयासको खुलेर प्रशंसा गरी रहेका छन् । जसको परिणाम स्वरुप असार २८ गते एमाले–कांग्रेस गठबन्धनको सरकार सम्भव भएको हो । र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने टुङ्गो लागेको छ ।