
- चिरफार डटकम, विराटनगर ४२६ पटक हेरिएको
शुक्रबार, आषाढ २८, २०८१ समय : १६:५३:०९ , ९ महिना अगाडि
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अब जेठ १५ पछि बजेट खर्च नगर्ने उद्घोष गरेका छन् । मुख्यमन्त्री कार्कीले आर्थिक वर्ष २०८१/०८२ को जेठ १५ अघि नै विकास निर्माण देखि तालिम गोष्ठी सक्ने गरी काम गर्न सचिवलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री कार्कीले शुक्रबार कोशी प्रदेश सरकारका सचिवलाई निर्देशन दिर्दे आर्थिक वर्ष २०८१/०८२ को जेठ १५ पछि कुनै किसिमको बजेट खर्च नहुने गरी काम गर्न सुझाव दिएका छन् ।
मुख्यमन्त्री कार्कीले साउन १५ गते भित्र कार्य योजना बनाएर पहिलो चौमासीकबाटै विकास निर्माणको काम सुरु गर्न सचिवलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारका मुख्य सचिव केदारनाथ शर्मालाई अगाडि राखेर मन्त्रालयका सचिवलाई कार्य योजना बनाएर जेठ १५ अघि नै योजनामा उल्लेख गरेका विकास निर्माणका काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।
कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले पनि जेठ १५ अघि नै विकास निर्माणका काम सम्पन्न गर्न सचिवहरूलाई उद्रि नै जारी गरेका थिए । तर अहिलेसम्मै संस्थापक मुख्यमन्त्री राईले जारी गरेको उद्रि अहिलेसम्म कार्यान्वयन भएको छैन ।