बाढीपीडितलाई राहत वितरण गर्दै एमालेको सामाजिक सेवा केन्द्र

  • ब्रह्मदेव यादव, विराटनगर ७४७  पटक हेरिएको

आइतबार, आषाढ २३, २०८१ समय : १५:१७:४७ , ५ महिना अगाडि

नेपाल कम्युनिष्ट पार्टी एमालेले देशभरीका बाढीपीडितलाई राहत वितरण गर्न सुरु गरेको छ । नेकपा एमालेका केन्द्रिय सदस्य, उद्योग वाणिज्य तथा आपूर्ति विभागका प्रमुख एवं दैवीकप्रकोपलाई उद्धार र सहयोग गर्न गठन गरिएको सामाजिक सेवा केन्द्रका प्रमुख उद्योगी मोती दुगडको नेतृत्वमा एमालेले बाढीपीडितहरूलाई राहत वितरणको काम सुरु गरेको छ ।

आइतबार चिरफार डटकम सँग कुरा गर्दै सामाजिक सेवा केन्द्रका प्रमुख दुगडले भने देश भरी पानी पर्ने क्रम जारी छ । जहाँ जहाँ समस्या आउँछ । त्यहाँ त्यहाँ राहत टोली पठाएर बाढीपीडितहरूको समस्या समाधान भई रहेको छ । पछिल्लो वर्षको तुलनामा यस वर्ष बढि मात्रामा पानी परिरहेको छ । बाढीपहिरोको कारण देश भरीका जनता समस्यामा छन् ।

जनताको समस्या समाधान गर्न सामाजिक सेवा केन्द्र सक्रिय रहेको दुगडको भनाई छ । नेपालको सबै जिल्लामा एमालेले सामाजिक सेवा केन्द्रको शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बाढीपहिरोको समस्या आउँना साथ घटना स्थलमै राहत टोली पुगेर समस्याको समाधान गर्ने क्रम जारी छ ।

नेकपा एमालेका नेता दुगडको नेतृत्वमा गठन गरिएको सामाजिक सेवा केन्द्रमा बाढीपहिरोका लागि राहत संकलन र वितरणका कार्य एक साथ भई रहेका छन् । एमालेले सामाजिक सेवा केन्द्र मार्फत बाढीपीडितको क्षेत्रमा गरिरहेको उद्धार र राहत वितरण कार्यको चौतर्फी प्रशंसा भई रहेको छ ।