अरनिको कलेजमा विज्ञान भन्दा कम छैन व्यवस्थापन र होटल व्यवस्थापन संकाय

  • ब्रह्मदेव यादव, विराटनगर ५१९  पटक हेरिएको

बिहिबार, आषाढ २०, २०८१ समय : १४:५२:२२ , ५ महिना अगाडि

विराटनगरको अरनिको कलेजमा विज्ञान संकाय भन्दा व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकाय कम छैन । विराटनगरमा व्यवस्थापन संकायको कक्षा सञ्चालन गरिरहेका कलेजलाई अरनिको कलेजले पछाडि छोडेको छ । अरनिको कलेजको विज्ञापन संकाय देशभरीका कलेजहरूको वर्गीकरणमा टप ८औं स्थान ओगटेको छ । अरनिको कलेज सञ्चालन गरिरहेका एउटै टिमले व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकाय सञ्चालन गरिरहेका छन् । अरनिकोको विज्ञान संकाय नेपालमा जति प्रख्यात छ ।

व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकाय त्यतिनै प्रख्यात छ । अरनिको कलेजमा असार १९ गते विज्ञान संकाय तर्फको प्रवेश परीक्षा सम्पन्न भई सकेका छन् । व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकाय तर्फको प्रवेश परीक्षा असार २२ गते शनिबार लिने तयारी गरेको छ । पछिल्लो समय अरनिको कलेजमा विज्ञान विषय पढ्ने विद्यार्थीको चाप जति बढेको छ । व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकाय विषय अध्ययन गर्ने विद्यार्थीको चाप त्यति नै बढ्दो क्रममा छ ।

अरनिको कलेज व्यवस्थापन संकाय तर्फका कार्यक्रम संयोजक योगेश राजभण्डारीले व्यवस्थापन संकाय तर्फ १ सय २० र होटल व्यवस्थापन संकाय तर्फ १ सय २० गरी २ सय ४० विद्यार्थी मात्रै भर्ना लिने जानकारी गराएको छ । एसईई परीक्षाको अंक र प्रवेश परीक्षाको अंक जोडेर विद्यार्थीलाई दुवै संकाय तर्फ छुट प्रदान गर्ने भण्डारीले बताए । अरनिको कलेजले स्थापना कालदेखि नै विज्ञान संकाय सँगै होटल व्यवस्थापन संकाय तर्फको कक्षा सञ्चालन गरिरहेका छन् ।

अरनिको कलेजले सञ्चालन गरिरहेको होटल व्यवस्थापन संकाय तर्फ अध्ययनरत विद्यार्थीहरूलाई प्रयोगात्मक परीक्षा विराटनगरको सास्थम कलेजमा लिने गरेका छन् । जुन प्रयोगात्मक परीक्षा ब्याचलर लेभलको हुने गरेको छ । जसका कारण अरनिको कलेजमा होटल व्यवस्थापन संकाय अध्ययन गर्ने विद्यार्थीको चाप बढ्दो क्रममा छ ।