विराटनगरको अरनिको नेपालकै उत्कृष्ट प्लस टु तर्फ ८औँ स्थानमा

  • ब्रह्मदेव यादव, विराटनगर १९६९  पटक हेरिएको

सोमबार, आषाढ १७, २०८१ समय : १४:५७:२६ , ५ महिना अगाडि

विराटनगरको अरनिको नेपालकै उत्कृष्ट प्लस टु तर्फ ८औँ स्थान हासिल गर्न सफल भएका छन् । नेपाल भरी रहेका प्लस टु मध्ये विराटनगरको अरनिको प्लस टु ले काठमाडौँका नाम चलेका १० भन्दा बढी महँगा प्लस टु लाई पछाडि छोड्दै ८औँ स्थान हासिल गर्न सफल भएका छन् । नेपाल भरी रहेका प्लस टु तर्फको वर्गीकरणमा विराटनगरको अरनिको प्लस टु ले काठमाडौँका १० भन्दा बढी र देश भरिका संयौं प्लस टु लाई पछाडि छोड्दै उत्कृष्ट प्लस टु को स्थान ओगट्न सफल भएको हो ।

विराटनगरको अरनिको कोशी प्रदेशको १ नं. प्लस टु हो । विराटनगर सहित कोशी प्रदेशबाट कक्षा ११ र १२ अर्थात् प्लस टु अध्ययन गर्न बाहिर जाने विद्यार्थीलाई अरनिको प्लस टु ले रोक्न सफल भएको छ । यो सँगै शिक्षा आर्जनको नाममा विराटनगर बाहिर जाने सर्वसाधारणको मोटो रकम बचत गराउन अरनिको प्लस टु ले महत्वपूर्ण काम गरिरहेका छन् ।

गुणस्तरीय शिक्षा प्राप्त गर्नका लागि राम्रा प्लस टु को खोजीमा रहेका विद्यार्थी र अभिभावकलाई सहयोग पुगोस् भन्ने उद्देश्यका साथ ८ जनाको समूहले विराटनगरमा खोलिएको अरनिको प्लस टु बाट कक्षा ११ र १२ को अध्ययन पुरा गरेका विद्यार्थीहरू एमबिबिएस, इन्जिनियरिङ लगायत प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेर अध्ययन पुरा गरेका र अध्ययन गर्नेको सङ्ख्या बाक्लै छ । त्यस कारण कोशी र मधेस प्रदेश सहित छिमेकी राष्ट्र भारतका विद्यार्थीहरू अरनिको प्लस टु मा अध्ययन गर्न रुचाउँछन् । प्रत्येक वर्ष कक्षा ११ मा १ हजारको हाराहारीमा अरनिको कलेजले विद्यार्थी भर्ना लिई रहेका छन् ।

कक्षा ११ अध्ययन गर्न सबै विद्यार्थी अरनिको प्लस टु अध्ययन गर्न इच्छा व्यक्त गर्छन् । तर अरनिको प्लस टु ले चाहेर पनि सबै विद्यार्थीलाई भर्ना लिएर अध्ययन गराउन सकिरहेका छैनन् । राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा विगतमा प्राप्त गरेको शैक्षिक नतिजा, नेपाल सरकार शिक्षा मन्त्रालयले वितरण गर्ने गरेको उत्कृष्ट प्लस टु तर्फ पुरस्कारको आधार, विद्यार्थीको अध्ययन गर्ने इच्छा, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी जस्ता विषय वस्तुलाई आधार बनाएर उत्कृष्ट प्लस टु को वर्गीकरण हुने गरेका छन् ।

विराटनगरको अरनिको प्लस टु ले सबै मापदण्डमा आफूलाई उत्कृष्टता देखाउँदै नेपालकै उत्कृष्ट प्लस टु तर्फ ८औँ स्थान हासिल गर्न सफल भएको हो । विराटनगरको अरनिको प्लस टु का प्रिन्सिपल राजेश कार्कीले कलेजका सञ्चालक शिक्षक, शिक्षिका र विद्यार्थीहरूको कडा मेहनतका कारण उत्कृष्ट कलेजको रूपमा परिचित गराउन सफल भएको बताए । ​​​​​​​