६० प्रतिशतमा खुम्चियो, विराटनगर भन्सार कार्यालयको राजश्व असुली

  • ब्रह्मदेव यादव, विराटनगर ७०७  पटक हेरिएको

मंगलबार, आषाढ ११, २०८१ समय : १५:५६:०५ , ५ महिना अगाडि

विराटनगर भन्सार कार्यालयको राजश्व असुली ६० प्रतिशतमा खुम्चिएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ सकिन २० दिन समय सिमा बाँकी रहेको अवस्थामा विराटनगर भन्सार कार्यालयले पाएको लक्ष्यको तुलनामा बढिमा ६० प्रतिशतसम्म राजश्व असुली गरेका छन् । विराटनगर भन्सार कार्यालयका अधिकृत एवं सूचना अधिकारी पर्शुराम दाहालले आर्थिक वर्ष २०८०/०८१ को असार १० गतेसम्ममा लक्ष्यको तुलनामा ६० प्रतिशतले मात्रै राजश्व असुली भएको बताए ।

चिरफार डटकम सँग कुरा गर्दै सूचना अधिकारी दाहालले भनेः भन्सार विभागले सुरुमा निर्धारण गरेको राजश्व असुली लक्ष्य पछिल्लो समय घटाएको छ । घटाएको लक्ष्य अनुसार पनि ६० प्रतिशतले मात्रै राजश्व असुली भएको छ । ज्ञानेन्द्रराज ढकालले विराटनगर भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतको रुपमा कार्यभार सम्हालेपछि उद्योगी, व्यवसायी र भन्सार एजेन्ट सँग समन्वय गरेर काम गर्न नसक्दा व्यवसायी अन्य भन्सार कार्यालयबाट सामान आयात निर्यात गरिरहेकोले राजश्व असुली ६० प्रतिशतमा खुम्चिएको हो ।

तेस्रो देशबाट विराटनगर भन्सार कार्यालय हुँदै नेपाल भित्रिने गरेका व्यापारिक सामान पछिल्लो समय विराटनगर भन्सार कार्यालयबाट भित्रिन छोडेको छ । प्रमुख भन्सार अधिकृत ढकालले तेस्रो मुलुकबाट आयात भइरहेको व्यापारिक सामानमा बढि भन्सार राजश्व कायम गर्ने गरेकोले व्यवसायी विराटनगर भन्सार कार्यालय छोडेर अन्य भन्सार कार्यालय रोजेको छ । जसको कारण पछिल्लो समय विराटनगर भन्सार कार्यालयको राजश्व असुली प्रतिशत घट्दो क्रममा छ । र निरन्तर भन्सार राजश्व घटिरहेका छन् ।