- चिरफार डटकम, विराटनगर ३८२ पटक हेरिएको
आइतबार, आषाढ ०२, २०८१ समय : १८:०१:१९ , ५ महिना अगाडि
तेरापंथ युवक परिषद विराटनगरको अध्यक्ष पदमा पवन बोथरा निर्वाचित भएका छन् । परिषदको शनिबार विराटनगरमा सम्पन्न साधारण सभाले सर्वसम्मत रुपमा बोथरालाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
बोथरा परिषदमा लामो समयसम्म कोषाध्यक्ष पदको जिम्मेवारी सम्हाली सकेका छन् । बोथरा उपाध्यक्ष हुँदै अध्यक्ष पदको जिम्मेवारी सम्हालेका हुन् । यस अघि परिषदमा मोहित लालवानी अध्यक्ष रहेका थिए ।
परिषदका संस्थापक अध्यक्ष तथा नेपाली कांग्रेसका नेता फुलकुमार लालवानी र जैन स्वेताम्बर तेरापंथ सभा विराटनगरका अध्यक्ष सतिश दुगड अतिथिको रुपमा साधारण सभामा सहभागी थिए ।