मारवाडी महिला मञ्चको कार्यक्रममा २६ जनाले गरे रक्तदान

  • चिरफार डटकम, विराटनगर ७४४  पटक हेरिएको

शुक्रबार, जेठ ३२, २०८१ समय : १४:२४:३४ , ५ महिना अगाडि

मारवाडी महिला मञ्च विराटनगरले शुक्रबार आयोजना गरेको कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । विराटनगर स्थित जैन स्वेताम्बर तेरापंथी भवन अगाडि रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । अन्तर्राष्ट्रिय रक्तदान दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका थिए ।

सरिता लालवानीले अध्यक्षको रुपमा मारवाडी महिला मञ्च विराटनगरको नेतृत्व सम्हाली सकेपछि आयोजना गरिएको पहिलो रक्तदान कार्यक्रममा उद्योगी, व्यवसायी र सामाजिक संघ संस्थामा सक्रिय पदाधिकारीहरूले रक्तदान गरेका थिए ।

तेरापंथ युवक परिषद विराटनगरका अध्यक्ष मोहित लालवानी, जनता समाजवादी पार्टी मोरङका उपाध्यक्ष सत्यप्रकाश लुनिया, युवा व्यवसायी शुभम दुगडले रक्तदान गरेका थिए ।

जैन स्वेताम्बर तेरापंथ सभा विराटनगरका अध्यक्ष सतिश दुगड, मारवाडी महिला मञ्च विराटनगरका अध्यक्ष सरिता लालवानी, मञ्चका निर्वतमा अध्यक्ष अमिता पेडिवालले रक्तदान गर्ने व्यक्तिलाई प्रमाणपत्र प्रदान गरेका थिए । विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीले शुक्रबार रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए ।