विराट व्यापार संघले गर्‍यो डा. क्षेत्रीलाई बिदाई

  • चिरफार डटकम, विराटनगर ३८२  पटक हेरिएको

सोमबार, जेठ २८, २०८१ समय : १४:५३:१८ , ५ महिना अगाडि

विराट व्यापार संघले आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बी. क्षेत्रीलाई विदाई गरेका छन् । जेष्ठ २९ गतेदेखि सरकारी सेवाबाट निवृत्त हुन लाग्नु भएका डा. क्षेत्रीलाई विराट व्यापार संघको केन्द्रिय कार्यालय विराटनगरले बिदाई गरेको हो ।

संघका अध्यक्ष अंशु बंजारा, वरिष्ठ उपाध्यक्ष प्रमोद जिन्दल (अग्रवाल) उपाध्यक्ष, शरद श्रेष्ठ, प्रविण अग्रवाल, सरस्वती ओझा, महासचिव किरण ढुंगेल लगायतका पदाधिकारीहरूले मायाको चिनो प्रदान गरेर डा. क्षेत्रीलाई बिदाई गरेको हो ।

२० महिनादेखि आन्तरिक राजश्व कार्यालय विराटनगरको प्रमुख कर अधिकृतको रुपमा कार्यरत डा. क्षेत्री नेपाल सरकारको निजामती कर्मचारी तर्फ ३२ वर्ष सेवा अवधि पुरा गरेर जेष्ठ २९ गतेदेखि सेवा निवृत हुन लागेको हो ।