डा. डि.बी. क्षेत्रीलाई एउटै कार्यक्रममा दुई सम्मान

  • ब्रह्मदेव यादव, विराटनगर ९२६  पटक हेरिएको

आइतबार, जेठ २७, २०८१ समय : १७:२५:२४ , ६ महिना अगाडि

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बी. क्षेत्री एउटै कार्यक्रममा दुई सम्मानबाट सम्मानित भएका छन् । निजी क्षेत्रको दुई संस्था नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति र मोरङ उद्योग व्यापार संघले आइतबार विराटनगरमा डा. क्षेत्रीलाई दुई बेग्ला बेग्लै सम्मानबाट सम्मानित गरिएको हो । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. क्षेत्री जेठ २९ गतेदेखि सरकारी सेवाबाट निवृत हुन लागेको छ ।

कार्यालय प्रमुखको जिम्मेवारीबाट बिदाई र सरकारी सेवाबाट निवृत हुन लागेको डा. क्षेत्रीलाई दुई संस्थाका पदाधिकारीहरू बिदाई र सम्मान गरेको हो । मोरङ उद्योग व्यापार संघले निजामती सेवा तर्फका कार्यालय प्रमुखलाई स्वागत र बिदाई गर्ने परम्परा कायम राखेका थिए । तर संघले पहिलो पल्ट डा. क्षेत्रीलाई बिदाई सँगै सम्मान पनि गरेको हो ।

नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष भीम घिमिरे, परिसंघका कोशी प्रदेश अध्यक्ष तथा संविधान सभा सदस्य पवनकुमार सारडा, परिसंघका कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, संघका वरिष्ठ उपाध्यक्ष अनिल साह र उपाध्यक्ष अनिल सारडाले डा. क्षेत्रीलाई दोसल्ला ओढाएर बेग्ला बेग्लै सम्मान पत्रले सम्मान गरेका थिए ।

डा. क्षेत्रीलाई नेपाल सरकारले २०८० सालको उत्कृष्ट कर्मचारीको अवार्डबाट सम्मान गरिसकेका छन् । विराटनगरको सर्वाधिक लोकप्रिय पत्रिका न्यू सृष्टि दैनिकले आफ्नो वार्षिकोत्सवको अवसरमा डा. क्षेत्रीलाई उत्कृष्ट कर्मचारी सम्मान गरेको थियो ।