- ब्रह्मदेव यादव, विराटनगर ६६३ पटक हेरिएको
आइतबार, जेठ २७, २०८१ समय : १४:४८:४८ , ६ महिना अगाडि
नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विराटनगरमै रहेको बेला आन्दोलनरत विद्यार्थीहरूले एउटा सरकारी गाडी जलाइ दिएका छन् । ५ भन्दा बढि सरकारी गाडीमा तोडफोड भएको छ । उपप्रधान तथा गृहमन्त्री लामिछाने आइतबार बिहान ९ बजे विराटनगर आइपुगेको हो । गृहमन्त्री लामिछाने राजश्व चुहावट र सुरक्षा सम्बन्धी बैठकमा सहभागी हुन विराटनगर आइपुगेको हो ।
गृहमन्त्री लामिछाने विराटनगरको बिग होटलमा कार्यक्रम गरिरहेको बेला होटल अगाडि रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको मूल गेटमा विद्यार्थीहरूले कोशी प्रदेश सरकारको योजना आयोगको को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा तोडफोड पछि आगजनी गर्दा गाडी पूर्ण रुपमा जलेर नष्ट भएका छन् । यस बाहेक आन्दोलनरत विद्यार्थीहरूले नेकपा एमाले मोरङ पार्टी कार्यालय पाञ्चालीको कंचनजंगा होटल अगाडि नेपाल विद्युत प्राधिकरणको ५ वटा गाडीमा तोडफोड गरेका छन् ।
प्राधिकरण होटल कंचनजंघामा आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउन विद्युतका हाकिमहरू सरकारी गाडी चढेर कार्यक्रम स्थल पुगेका थिए । र सडकमा पार्किङ गरेर राखिएको गाडीमा आन्दोलनरत विद्यार्थीहरूले तोडफोड गरेका थिए । मोरङको रंगेली नगरपालिकाको शिक्षा क्षेत्र अस्तव्यस्त रहेको र त्यसलाई सुधार गर्न सुझाव दिर्दे विद्यार्थी यूनियनले नगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाउँदा नगर रक्षक माथि हातपात भएको आरोपमा मोरङ प्रहरीले ५ जना विद्यार्थीलाई पक्राउ गरेर मद्दा चलाएका छन् । र विद्यार्थी प्रहरीको हिरासतमा रहेका छन् ।
प्रहरी हिरासतमा रहेका विद्यार्थीलाई विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनले रिहाइको माँग गर्दै आन्दोलनरत छन् । स्वबियू सदस्य दिपक यादव सहितका पाँचै जना विद्यार्थीलाई विना शर्त रिहाइ गर्नुपर्ने माग सहित आन्दोलनमा उत्रिएका विद्यार्थीले आइतबार बिहान १० बजे कोशी प्रदेश सरकारको योजना आयोगको गाडिमा तोडफोड र आगजनी गरेका छन् । सरकारी गाडीमा भएको तोडफोड र आगजनी पछि विराटनगरको अवस्था तनावमय बनेको छ ।