“हावादारी बजेट”

  • ब्रह्मदेव यादव, विराटनगर ४५२  पटक हेरिएको

शुक्रबार, जेठ २५, २०८१ समय : १७:५०:०२ , ६ महिना अगाडि

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याइएको बजेटलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हावादारी बजेटको संज्ञा दिएका छन् । मोरङ उद्योग व्यापार संघले शुक्रबार विराटनगरमा बजेटबारे आयोजना गरेको आर्थिक बहस कार्यक्रममा कांग्रेस महामन्त्री थापाले बजेटलाई हावादारी बजेटको संज्ञा दिएको हो । कांग्रेस महामन्त्री थापाले भनेः आर्थिक वर्ष २०८०/०८१ को बजेट पनि हावादारी थियो । र आर्थिक वर्ष २०८१/०८२ को बजेट पनि हावादारी छ ।

यसले देशको समग्र आर्थिक विकास अगाडि बढ्न सक्दैन । दुई आर्थिक वर्षको बजेट बनाउँदा सरकारको नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड) ले गरी रहेका छन् । कांग्रेस महामन्त्री थापाको भनाई छः देशको बजेट सरकारको नेतृत्व गर्ने व्यक्ति प्रधानमन्त्रीले बनाउने हो । तर नेपालको विडम्बना प्रधानमन्त्रीले बनाउनु पर्ने बजेट अर्थमन्त्रालयले बनाउँछन्

जुन बजेटको बारेमा प्रधानमन्त्रीलाई केही थाहा हुँदैन । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारको नेतृत्व गर्नेले निरन्तर घाटा बजेट बनाई रहेकोले देशको अर्थतन्त्र धराशायी अवस्थाबाट गुज्रिरहेको बताए । अर्थविद डा. गोपीलाल न्यौपानेले देशमा प्रति युनिट १२ रुपैयाँले विद्युत बिक्री गर्ने सरकारले विदेशमा त्यही विद्युत ५ देखि ७ रुपैयाँ प्रति युनिटले बिक्री गर्दा भ्रष्टाचारको आरोपमा किन मुद्दा नचलाउने प्रश्न उठान गरे ।

उद्योगी महेश जाजुले उद्योगी व्यवसायी माथि धेरै कर लगाइदिँदा खुल्ला सिमानाको कारण तस्करी बढेकोले लक्ष्य अनुसारको राजश्व संकलन गर्न सरकार असफल रहेको बताए । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बढि राजश्व उठाउन सरकारले बजेट मार्फत करको दायरा बढाइएकोले त्यसको खुलेर विरोध गरेका छन् । 

नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष भीम घिमिरे, परिसंघका कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका बरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष विपिन काबरा, विराट व्यापार संघका अध्यक्ष अंशु बंजारा लगायत उद्योगी व्यवसायीहरूको बाक्लो संख्यामा आर्थिक बहस कार्यक्रममा सहभागिता रहेको थियो ।