जोशी उत्कृष्ट भन्सार एजेन्ट

  • ... २२८१  पटक हेरिएको

बिहिबार, माघ १२, २०७९ समय : १६:२८:३९ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

भन्सार विभागले विराटनगर भन्सार कार्यालयका एजेन्ट प्रविण जोशीलाई उत्कृष्ट भन्सार एजेन्ट घोषणा गर्दै सम्मान गरेको छ । ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विराटनगर भन्सार कार्यालयले विहिबार आयोजना गरेको कार्यक्रममा प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाले जोशीलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ विराटनगरका उपाध्यक्ष देवेन्द्र गुप्ता, विराट व्यापार संघ विराटनगरका अध्यक्ष नरेश खत्री, विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्मा, स्वतन्त्र भन्सार प्रतिनिधि संगठनका अध्यक्ष नवल उपाध्यायले जोशीलाई बधाई ज्ञापन गरे ।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्माले भन्सार विभागले जोशीलाई उत्कृष्ट भन्सार एजेन्ट घोषणा गरेर पुरस्कृत गर्दा आफु उत्साहित भएको बताए । जोशी भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रिय सदस्य हुन् । २०५७ सालदेखि विराटनगर भन्सार कार्यालयमा भन्सार एजेन्टको रुपमा कार्यरत जोशी ४ पटक विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष भईसकेका छन् ।

जोशीले लामो समयसम्म विराटनगर भन्सार कार्यालयमा काम गर्दा जहिलेपनि उत्कृष्ट एजेन्ट कै रुपमा काम गरिरहेका छनु । जोशीको कामको प्रशंसा गर्दै भन्सार विभागले सम्मान गरेको हो । विराटनगर भन्सार कार्यालयले ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विहिबार भन्सार अधिकृत प्रेम सुवेदी, कम्प्यूटर अधिकृत अरुण पौडेल, नायब सुब्बा सुदर्शन ढुंगाना र लेकध्वज मादेङवा कर्मचारी चण्डिराज खत्री, उत्तम अधिकारी, यमबहादुर कार्की र भीमप्रसाद घिमिरेलाई उत्कृष्ट कर्मचारी घोषणा गर्दै सम्मान गरेको छ ।

७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विराटनगर भन्सार एजेन्ट संघले विहिबार नै आयोजना गरेको रक्तदान कार्यालयमा ७१ पिन्ट रगत संकलन गरिएको थियो । रक्तदान गर्ने रक्तदातालाई विराटनगर भन्सार एजेन्ट संघले प्रमाण–पत्र वितरण गरे ।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकिनन्दन शर्मा लगायत भन्सार एजेन्ट, स्वतन्त्र भन्सार एजेन्ट प्रतिनिधिहरुले रक्तदान गरेका थिए । सत्ताव्यापी ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा विजेता र उपविजेता खेलाडीहरुलाई विहिबार कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी शान्तिराज कोइराला, सशत्र प्रहरीबल टंकीगुल्मका प्रमुख एसपी राजकुमार लामिछानेले प्रमाण–पत्र वितरण गरेका थिए ।