इट्टाको मूल्य बढ्ने ?

  • चिरफार डटकम, विराटनगर ५५१  पटक हेरिएको

मंगलबार, जेठ २२, २०८१ समय : १५:५६:२३ , ६ महिना अगाडि

कोइलाको मूल्य बढेपछि अब इट्टाको मूल्य बढ्ने भएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट मार्फत कोइलामा लाग्ने भन्सार राजश्व वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा प्रतिकेजी कोइलामा थप ५० पैसाले भन्सार राजश्व वृद्धि गरेको छ ।

व्यवसायीले तेस्रो मुलुक सहित भारतबाट नेपालमा एक ट्रक कोइला आयात गर्दा थप १५ हजार रुपैयाँ भन्सार राजश्व तिर्नुपर्ने छ । एक ट्रकमा ३० टन कोइला आयात हुन्छ । एउटा इट्टा उत्पादन गर्न २ देखि ३ सय ग्राम कोइला खपत हुन्छ । 

आनन्द इट्टा भट्टा उद्योगका सञ्चालक दिलिप बगडियाले इट्टा उत्पादनका लागि चाहिने आवश्यक सामग्री कोइलाको मूल्य बढेपछि महंगोमा किनेर सस्तोमा इट्टा उत्पादन गरेर बिक्री गर्न सक्ने अवस्था नरहेकोले इट्टाको मूल्य बढाउने विषयमा व्यवसायी बिच छलफल जारी रहेको बताए । यति खेर एक नम्बर आनन्द इट्टा प्रतिगोटाको २१ रुपैयाँमा बिक्री भइरहेको छ ।