मोरङ उद्योग व्यापार संघका पदाधिकारी र सञ्चारकर्मी बिच भेटघाट तथा छलफल

  • चिरफार डटकम, विराटनगर ६३९  पटक हेरिएको

शुक्रबार, बैशाख २८, २०८१ समय : १७:२२:१३ , ७ महिना अगाडि

मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमितिका सदस्यहरूले शुक्रबार विराटनगरका सञ्चारकर्मीहरूलाई स्वागत सम्मान गर्दै भेटघाट तथा छलफल गरेका छन् । संघको ३४औं कार्यसमितिका पदाधिकारी र सदस्यहरूले पहिलो पटक सञ्चारकर्मीहरूसँग भेटघाट तथा छलफल गर्दै देशको समग्र आर्थिक अवस्थाको बारेमा जानकारी गराएका छन् ।

संघको ३४औं कार्यसमितिका अध्यक्ष उद्योगी अनुपम राठीले देशको समग्र आर्थिक अवस्थामा आएको मन्दीको बारेमा सञ्चारकर्मीहरूलाई जानकारी गराएका थिए । सरकारको गलत नीतिका कारण उद्योग व्यापार क्षेत्र तहसनहस अवस्थाबाट गुज्रिरहेको अध्यक्ष राठीले बताए । संघका निवर्तमान अध्यक्ष नविन रिजालले देशको गलत अर्थनीतिका कारण रोजगारीका लागि युवाहरू विदेशिनेक्रम बढेको बताए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, उपाध्यक्ष विकासकुमार बेगानी, अनिल सारडा, महासचिव संजय श्रेष्ठ, सचिव अमित सारडा सहित संघका सम्पूर्ण कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो । 

संघका महिला उद्यम समितिका संयोजक श्रुति शर्मा र युवा उद्यम समितिका संयोजक अमित अग्रवाल भेटघाट तथा छलफल कार्यक्रममा सहभागि थिए । संघका नवनिर्वाचित पदाधिकारीहरूले नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरे, नेपाल पत्रकार महासंघ मोरङ शाखाका कार्यवाहक अध्यक्ष तारा आचार्य, नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित, नेपाल प्रेस युनियन मोरङका अध्यक्ष बेदराज पौडेल, प्रेस चौतारी नेपाल मोरङका अध्यक्ष सुदिप कोइरालालाई स्वागत गरेका थिए ।