रंगेलीका मेयर दिलिप बगडिया पूर्वाञ्चल विश्व विद्यालयको सिनेट सदस्य 

  • ब्रह्मदेव यादव, विराटनगर ८४८  पटक हेरिएको

आइतबार, बैशाख १६, २०८१ समय : १४:४०:१२ , ७ महिना अगाडि

नेपाल सरकारले मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडियालाई पूर्वाञ्चल विश्व विद्यालयको सिनेट सदस्यमा नियुक्त गरेको छ । पूर्वाञ्चल विश्व विद्यालयको ऐनले व्यवस्था गरे अनुसार स्थानीय तह सरकार प्रमुखको तर्फबाट रंगेली नगरपालिकाका मेयर बगडियालाई सरकारले सिनेट सदस्य पदमा नियुक्त गरेको हो । पूर्वाञ्चल विश्व विद्यालयको कार्यकारिणी परिषदले सिनेट सदस्यको सिफारिस गर्ने र विश्व विद्यालयको कुलपतिको हैसियतमा प्रधानमन्त्रीले सिनेट सदस्य नियुक्त गर्ने ऐनमा व्यवस्था छ ।

पूर्वाञ्चल विश्व विद्यालयका कुलपतिको हैसियतमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले केही दिन अगाडि रंगेली नगरपालिकाका मेयर बगडियालाई सिनेट सदस्यमा नियुक्त गरेको हो । बगडिया दोस्रो पटक रंगेली नगरपालिकाका  मेयर पदमा कार्यरत रहेका छन् । पहिलो पटक नेकपा माओवादी केन्द्रबा रंगेली नगरपालिकाका मेयरमा बगडिया निर्वाचित भएका थिए । दोस्रो पटक नेकपा एमालेबाट बगडिया रंगेली नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

पछिल्लो सयम नेकपा माओवादी केन्द्र र नेकपा एमाले सरकारमा सँगै रहेकोले रंगेली नगरपालिकाका लोकप्रिय मेयर बगडियालाई पूर्वाञ्चल विश्व विद्यालयको सिनेट सदस्यमा नियुक्त गर्ने सहमति गरेका थिए । पूर्वाञ्चल विश्व विद्यालयको सिनेट सदस्यमा नियुक्त रंगेली नगरपालिकाका मेयर बगडियाले आफू विश्व विद्यालयलाई अगाडि बढाउने कार्यमा लागि पर्ने बताए ।