समाजसेवी गोयललाई मोरङ उद्योग व्यापार संघको सम्मान 

  • ब्रह्ममदेव यादव, विराटनगर ५५२  पटक हेरिएको

बिहिबार, चैत्र २२, २०८० समय : १६:५६:५२ , ८ महिना अगाडि

मोरङ उद्योग व्यापार संघले उद्योगी एवं समाजसेवी दिनबन्धु गोयललाई सम्मान गरेको छ । साविक मोरङ व्यापार संघ र अहिलेको मोरङ उद्योग व्यापार संघलाई यहाँसम्म ल्याई पुर्‍याउन उद्योगी एवं समाजसेवी गोयलले गरेको सहयोगको उच्च मुल्याङ्कन गर्दै उनलाई सम्मान गरिएको संघका अध्यक्ष नविन रिजालले बताए ।

समाजसेवी गोयल काम विशेषले नेपाल बाहिर रहेकोले उनका प्रतिनिधिलाई संघको ६७औं वार्षिक साधारण सभामा कार्यक्रमका प्रमुख अतिथि नेपाली कांगेसका वरिष्ठ नेता डा. शेखर कोइराला, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल, कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री हिक्मत कार्की र संघका अध्यक्ष नविन रिजालले सम्मान पत्र प्रदान गरेका थिए ।

संघको साधारण सभामा समाजसेवी भगवानलाल साह, डा. रोशन खड्का, डा. प्रदिप गुप्ता, गायक सुमित खड्का र प्राध्यापक डिएन चौधरीलाई सम्मान गरेका थिए । संघको ६७औं वार्षिक साधारण सभाले मोरङ व्यापार संघको नाम परिवर्तन गरेर मोरङ उद्योग व्यापार संघ नामाकरण गरेका छन् । कांग्रेसका वरिष्ठ नेता डा. कोइरालाले मोरङ उद्योग व्यापार संघ नामाकरण बोर्डको अनावरण गरेका थिए ।

साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सार्क चेम्बर अर्फ कमर्शका उपाध्यक्ष चण्डीराज ढकाल, नेपाल उद्योग परिसंघका केन्द्रिय अध्यक्ष भीम घिमिरे, परिसंघका कोशी प्रदेश अध्यक्ष डा. पवनकुमार सारडा, उद्योग संगठन मोरङ अध्यक्ष राकेश सुराना र विराट व्यापार संघका अध्यक्ष अन्शु वंजाराले नविन रिजालको कार्यकाल सफलता पूर्वक सम्पन्न भएको र रिजालले मोरङ उद्योग व्यापार संघलाई उचाइमा पुर्‍याएको धारणा व्यक्त गरेका थिए ।