- चिरफार डटकम, विराटनगर ४०९ पटक हेरिएको
बुधबार, चैत्र ०७, २०८० समय : १७:२४:२४ , ८ महिना अगाडि
विराटनगरको निजी क्षेत्रका २ संस्थाले रंगेली नगरपालिकाका २८ आगलागी पीडित परिवारलाई मोटो रकम बराबरको राहत सामग्री वितरण गरेका छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति र मोरङ व्यापार संघले संयुक्त रुपमा रंगेलीका आगलागी पीडित परिवारलाई बुधबार मोटो परिमाणमा खाद्यान्न सामग्री वितरण गरेका छन् ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधान सभा सदस्य पवनकुमार सारडा, परिसंघका केन्द्रिय उपाध्यक्ष भीम घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल नेतृत्वको टोली राहत सामग्री लिएर बुधबार रंगेली पुगेका थिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्की, सशस्त्र प्रहरी मोरङका एसपी विश्वबन्धु खड्का, नेकपा एमालेका संघीय सांसद ऋषिकेश पोखरेल, नेकपा माओवादी केन्द्रका कोशी प्रदेश सांसद जीवन आचार्य टोलीमा सहभागिता जनाउँदै आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण गरेका छन् ।
नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष भीम घिमिरेले रंगेलीका आगलागी पीडित २८ परिवारलाई चामल, दाल, तेल, चिउरा, चाउचाउ सहित राहत सामग्री वितरण गरिएको बताए ।