- चिरफार डटकम, विराटनगर ७०४ पटक हेरिएको
मंगलबार, चैत्र ०६, २०८० समय : १७:०२:०२ , ८ महिना अगाडि
विराट व्यापार संघ विराटनगरले सुनसरी जिल्लाको बर्जु गाउँपालिकाका आगलागी पीडित १७ घर धुरी परिवारलाई राहत सामग्री वितरण गरेका छन् ।
संघका अध्यक्ष अंशु बन्जारा, बरिष्ठ उपाध्यक्ष प्रमोद जिन्दल, महिला उपाध्यक्ष सरस्वती ओझा, महासचिव किरण ढुंगेल, उपमहासचिव भवेष पौडेल, कोषाध्यक्ष सोनु गुरुङ सहित संघका कार्यसमिति सदस्य, महिला समिति सदस्य र युवा समितिका पदाधिकारी देखि सदस्यहरू मंगलबार आगलागी पीडित परिवारको घरमै पुगेर राहत सामग्री वितरण गरेको हो ।
संघका बरिष्ठ उपाध्यक्ष प्रमोद जिन्दलले बर्जु गाउँपालिकाको आगलागी पीडित परिवारलाई चामल, चिउरा, भुजा, भुजिया, चाउचाउ, झुल, त्रिपाल, बाल्टीङ, शौचालय सामग्री लगायतका सामग्री वितरण गरेको बताए ।