“शंकरलाल अग्रवाललाई महामूर्खको उपाधि”

  • ब्रह्मदेव यादव, विराटनगर ९७१  पटक हेरिएको

आइतबार, चैत्र ०४, २०८० समय : १७:२३:३२ , ८ महिना अगाडि

मारवाडी युवा मञ्च विराटनगरले उद्योगी, व्यवसायी एवं समाजसेवी शंकरलाल अग्रवाललाई यस वर्षको महामूर्खको उपाधि प्रदान गरेको छ । मारवाडी युवा मञ्च विराटनगरले शनिबार विराटनगरमा आयोजना गरेको हास्य कवि सम्मेलनमा अग्रवाललाई महामूर्खको उपाधि प्रदान गरेको हो ।

समाजमा महत्वपूर्ण योगदान गरेका सामाजिक व्यक्तिलाई हास्य स्वरुप प्रत्येक वर्ष मारवाडी युवा मञ्च विराटनगरले होली पर्वको अवसरमा आयोजना गर्ने गरेको कार्यक्रममा महामूर्ख घोषणा गर्ने गरेको प्रचलन छ । अघिल्लो वर्ष राजनैतिक एवं समाजसेवी फुलकुमार लालवानीलाई महामूर्ख घोषणा गरेको थियो । यस वर्ष अग्रवाललाई महामूर्ख उपाधि प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि उद्योगी एवं समाजसेवी केएल दुगड, विशिष्ट अतिथि कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्की, मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष अंकित मारु, कार्यक्रम संयोजक युवा उद्यमी पवन पंकज पारख, तेरापंथ युवक परिषद् विराटनगरका अध्यक्ष मोहित लालवानी लगायत मञ्चका पदाधिकारीहरूले अग्रवाललाई महामूर्खको तक्मा प्रदान गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका नेता मोती दुगड, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्री, नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष भीम घिमिरे, परिसंघका कोशी प्रदेश अध्यक्ष एवं संविधान सभा सदस्य पवन सारडा, परिसंघ कोशी प्रदेश महिला समितिका संयोजक रचना राठी, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, बरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उद्योगी एवं समाजसेवी दिनबन्धु गोयल, समाजसेवी चम्पालाल राठी, मोहनलाल शर्मा, भिखमचन्द सरलको सहभागिता रहेको थियो । नेपाल कार्यक्रममा ३ हजार भन्दा बढि व्यक्तिहरूले प्रसाद ग्रहण गरेका थिए ।