- ब्रह्मदेव यादव, विराटनगर ८६३ पटक हेरिएको
बिहिबार, फाल्गुण २४, २०८० समय : १८:१६:४२ , ९ महिना अगाडि
स्वामी विवेकानन्द संस्कृतिक ज्ञान परीक्षा २०८० मा विराटनगरको गौतमबुद्ध बोडिङ स्कुलले प्रथम स्थान हासिल गरेका छन् । गौतमबुद्ध स्कुलका कक्षा ६ मा अध्ययनरत आलोककुमार अमात्यले प्रथम स्थान हासिल गर्दै २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । विराटनगरकै मदर टेरेसा बोडिङ स्कुलको कक्षा ६ मा अध्ययनरत सुनिता राउतले दोस्रो स्थान हासिल गर्दै १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । विराटनगरकै विराट कैरियर एकेडेमीका कक्षा ७ मा अध्ययनरत आर्यन यादव तेस्रो स्थान हासिल गर्दै ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । ज्ञान परीक्षामा सहभागिता जनाएका थप १० जान विद्यार्थीलाई सांत्वना पुरस्कार वापत १/१ हजार रुपैयाँ पुरस्कार प्रदान गरेका थिए ।
शिक्षादीपका अमन साह, मदर टेरेसाका कुशलकान्त चौधरी, निमा यादव, प्रिन्स ठाकुर, मार्टसका रिया ठाकुर, निशान्त चौधरी, विराट कोआपरेटिबका अहमद रजा, गुरुकुलका लक्ष्मी यादव, श्री सत्यनारायणका मिनाक्षी चौधरी र श्री बाल माध्यमिक विद्यालयका करुण यादवले सांत्वना पुरस्कार प्राप्त गरेका थिए । नयाँ पुस्तामा स्वेदश, स्वधर्म र स्वसंस्कृति प्रति जर्गेना गराउने र स्वामी विवेकानन्दको जस्तै “आदर्श विद्यार्थी र आदर्श नागरिक” बनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेका थिए ।
कार्यक्रममा मोरङ जिल्ला भरीका १ सय ३ विद्यालका २ हजार २ सय ६८ जना विद्यार्थीहरू सहभागि भएका थिए । ज्ञान परीक्षामा ९३ जना विद्यार्थीले सोधेको प्रश्नको शतप्रतिशत जवाफ दिर्दै उत्कृष्ट नतिजा ल्याएका थिए । जसमध्ये गोलाप्रथाबाट प्रथम, द्वितीय र तृतीय सहित १० जना विद्यार्थी छनौट भएका थिए ।
हिन्दु स्वयंसेवक संघ नेपाल कोशी प्रदेश समितिले विहीबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा नेपाल कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइराला, विराटनगरको न्युरो अस्पतालका सञ्चालक डा. विरेन्द्र बिष्ट, हिन्दु स्वयंसेवक संघ नेपालका सहराष्ट्रिय प्रचारक रेवित कुमार, पूर्वाञ्चल विश्वविद्यालयका पूर्वरजिष्ट्रार डा. भेषप्रसाद धमला, हिन्दु स्वयंसेवक संघ नेपाल कोशी प्रदेश संभाग सियाराम रौनियार, हिन्दु स्वयंसेवक संगठन मोरङका अध्यक्ष तथा कार्यक्रम संयोजक केशवलाल सिंह सुवाल, संघका विराटनगरका व्यवस्था प्रमुख अरविन्दकुमार ठाकुर, प्रचारक मुकेशकुमार साह, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका बरिष्ठ उपाध्यक्ष उद्योगी प्रकाश मुन्दडा, समाजसेवी बेनिगोपाल मुन्दडा लगायतले विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए ।