- ब्रह्मदेव यादव, विराटनगर ६८६ पटक हेरिएको
मंगलबार, फाल्गुण २२, २०८० समय : १८:३६:०४ , १० महिना अगाडि
प्रेमी धिरेनकुमार खाँ चौधरीले आफू भन्दा २० वर्ष कम उमेरका प्रेमिका सन्जना भन्ने ज्ञानमती थुलुङ राईको हत्या गरेका छन् । मधेश प्रदेशको बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका घर भई ३ महिनादेखि मोरङको ग्रामथान गाउँपालिकामा सौतेनी सानी आमाको घरमा बस्दै आएका अन्दाजी ३५ वर्षीय चौधरीले खोटाङ जिल्लाको ऐँसेलुखर्क गाउँपालिका घर भई मोरङको पथरी शनिश्चरे नगरपालिका–७ लामाटोल स्थित नातामा दाजु पर्ने विनोद राईको घरमा बसेर पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत १५ वर्षीय राईलाई सोमबार राती हत्या गरेका छन् ।
सोमबार राती १०ः१७ बजे शौचालय गएको बेला प्रेमी चौधरीले धारिलो हतियार प्रयोग गरेर प्रेमिका राईको हत्या गरेको मोरङ प्रहरीले जानकारी गराएको छ । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले मंगलबार पत्रकार सम्मेलन गरेर प्रेमिका राईको हत्यारा चौधरीलाई सार्वजनिक गरेको हो । फागुन ७ गतेदेखि मोरङ प्रहरी प्रमुखको नेतृत्व सम्हालेको एसपी कार्कीले सोमबार राती १०ः१७ बजे घटना घटेको खबर थाहा पाउन साथ आफ्नै नेतृत्वमा प्रहरी टोली परिचालन गरेर घटना स्थल पुगेका थिए ।
घटना घटेको ४ घण्टा भित्र एसपी कार्कीले मोरङको बेलबारी नगरपालिकाको जङ्गल एरियाबाट हत्यारा चौधरीलाई पक्राउ गर्न सफल भएका थिए । चौधरी वैदेशिक रोजगारमा रहेको बेला राई सँग सामाजिक सञ्जाल मार्फत प्रेमी प्रेमीका भएका थिए । चौधरीको श्रीमती र १४ वर्षको छोरा रहेमा छन् । चौधरीको श्रीमती अहिले पनि वैदेशिक रोजगारमा नै रहेका छन् । र श्रीमती सँग चौधरीको सम्बन्ध चिसीए पछि उनी राई सँग नजिक भएका थिए ।
वैदेशिक रोजगारबाट नेपाल फर्केका चौधरीले केही समय अगाडि प्रेमिका राईलाई भगाएर भारत तर्फ लागे क्रममा सिमा क्षेत्रमा माइती नेपालले पक्राउ गरेर परिवारको जिम्मा लगाएका थिए । त्यस पछि पनि सामाजिक सञ्जाल मार्फत नियमित सम्पर्कमा रहेकी प्रेमीका राईलाई प्रेमी चौधरीले हत्या गरेका छन् । हत्याको बारेमा थप अनुसन्धान जारी रहेको एसपी कार्कीले बताए ।