अरिहन्त–११ एम.पी.एल. विजेता 

  • ब्रह्ममदेव यादव, विराटनगर ७१९  पटक हेरिएको

शनिबार, फाल्गुण १९, २०८० समय : १८:१७:३४ , १० महिना अगाडि

उद्योगी पारस लुनियाको क्रिकेट टिम ओस्वाल युवा मञ्चको अरिहन्त–११, विराटनगरमा जारी मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको विजेता बनेको छ । विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गको क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा के.एस.बी. लाई पराजित गर्दै (अरिहन्त–११) १०औं संस्करण प्रतियोगिताको विजेता बनेको हो ।

विजेता टिम अरिहन्त–११ ले नगद ६१ हजार सहित ट्रफी प्राप्त गरेका छन् । उपविजेता के.एस.बी. ले नगद २१ हजार सहित ट्रफी प्राप्त गरेका छन् । नेपाल राष्ट्रिय मारवाडी परिषद्का केन्द्रिय अध्यक्ष पवन मित्तलले विजेता क्रिकेट टिम अरिहन्त–११ लाई ट्रफी प्रदान गरेका छन् । फागुन १६ गतेदेखि सुरु भएको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा ५ टिमको सहभागिता रहेको थियो ।