- ब्रह्मदेव यादव, विराटनगर ९३० पटक हेरिएको
शुक्रबार, फाल्गुण १८, २०८० समय : १४:२५:१० , १० महिना अगाडि
पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी एवं युवा उद्यमी पारस लुनियाको क्रिकेट टिम ओस्वाल युवा मञ्चको अरिहन्त–११, विराटनगरमा जारी मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनमा प्रवेश गरेको छ । लिग चरणमा खेलेको ३ मध्ये ३ वटै खेल जितेर अरिहन्त–११, १०औं संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनमा प्रवेश गरेको हो । ओस्वाल युवा मञ्चको अरिहन्त–११ ले लिग चरणमा नेपाल अग्रवाल युवा मञ्चको (के.एस.बी. रोयल्स), माहेश्वरी युवा मञ्चको प्रिमियर–११, मेढ स्वर्णकार युवा मञ्चको (सी.एस.बी. टाइटन) लाई पराजित गर्दै फाइन प्रवेश गरेको हो ।
लिग चरणमा एक खेल खेल्न बाँकी रहेकौ अवस्थामा ओस्वाल युवा मञ्चको अरिहन्त–११, फाइनलमा प्रवेश गरेपछि ओस्वाल समाजका व्यक्ति उत्साहित बनेका छन् । लिग चरणमा खेलिएको ३ वटै म्याचमा अरिहन्त बैध, समित सुराना र दर्शन दुगडले हाप सेन्चुरी पुरा गरेका थिए । ४ पटकको विजेता अरिहन्त–११, ९औं पटक फाइनलमा प्रवेश गरेका छन् । जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरका अध्यक्ष सतिश दुगड, सचिव अभय वैद्य, तेरापंथ युवक परिषद् विराटनगरका अध्यक्ष मोहित लालवानी, ओस्वाल युवा मञ्च विराटनगरका अध्यक्ष दिनेश चौरडिया, ओस्वाल युवा मञ्चका बरिष्ठ सल्लाहकार अरुण सुराना, तेरापंथ युवक परिषद् विराटनगरका पूर्व अध्यक्ष कमल डाँगा, विकास लालवानी, महेन्द्र सेठिया, विनय पारख, समाजसेवी पवन सुराना, विरेन्द्रकुमार धाडेवा लगायत समाजका विशिष्ट व्यक्तहरू अरिहन्त–११ क्रिकेट टिमका खेलाडीलाई होसला प्रदान गर्न क्रिकेट मैदानमा उपस्थिति थिए ।
नेपाल अग्रवाल युवा मञ्च विराटनगरले १०औं संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता विराटनगरमा आयोजना गरेको छ । बुधबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल शनिबार फाइनल खेल खेलाइने छ । प्रतियोगितामा ५ टिमको सहभागिता रहेको छ । प्रत्येक टिमले लिग चरणमा ४/४ वटा खेला खेल्ने छ । शनिबार लिग चरणको अन्तिम खेलबाट फाइनल प्रवेश गर्ने अर्को टिमको टुंगो लाग्ने छ । प्रतियोगिताको विजेताले ६१ र उपविजेताले २१ हजार रुपैयाँ नगद सहित ट्रफी प्राप्त गर्ने प्रतियोगिता आयोजक समितिका चेयरमेन अभिषेक केडियाले बताए ।