- ब्रह्मदेव यादव, विराटनगर १४५९७ पटक हेरिएको
मंगलबार, फाल्गुण १५, २०८० समय : १३:२७:२२ , ९ महिना अगाडि
तीन तह सरकारको खर्च धान्न धाउधाउ परेपछि अर्थमन्त्रालयले भन्सार कार्यालयमा बेरुजु असुली अभियान सञ्चालन गरेका छन् । तीन तह सरकार सञ्चालनका लागि सरकारी ढुकुटी रित्तिएपछि सरकारले अर्थमन्त्रालयलाई अगाडि सारेर भन्सार कार्यालयबाट बेरुजु असुली अभियान सञ्चालन गरेका छन् । पछि सबै क्षेत्रमा बेरुजु असुली अभियान सञ्चालन गर्ने सरकारले गोप्य तयारी गरेको छ । सरकारले पहिलो चरणमा विराटनगर भन्सार कार्यालयबाट बेरुजु असुली अभियान संकलनको सुरुवात गरेका छन् ।
सरकारले विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाललाई अगाडि सारेर ११ वर्ष पुरानो बेरुजु असुली अभियान थालेका छन् । विराटनगर भन्सार प्रमुख ढकालले प्रत्येक महिना १ करोडको हाराहारीमा बेरुजु असुली गरिरहेका छन् । विराटनगर भन्सार कार्यालयमा मात्रै १ सय करोड भन्दा बढि बेरुजु रकम रहेका छन् । र ती सबै बेरुजु रकम असुली गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार प्रमुख ढकाललाई अगाडि सारेका हुन् ।
भन्सार प्रमुख ढकालले विराटनगर भन्सार कार्यालयबाट आयात निर्यात गर्न ठिक्क पारेका सामान रोकेर बेरुजु रकम नतिरे सामान आयात निर्यात नगर्ने करचाप लगाएर उद्योगी व्यवसायी सँग बेरुजु रकम असुली गरी रहेका छन् । उद्योगी व्यवसायीलाई चेपुवामा पारेर बेरुजु रकम असुली गर्न थालेपछि निजी क्षेत्रले त्यसको विरोध गरेका छन् । केही दिन अगाडि नेपाल उद्योग परिसंघको विराटनगरमा सम्पन्न कोशी प्रदेश स्तरीय भेलाले बेरुजु असुलीको विरोध गरेका थिए । र विराटनगर भन्सार प्रमुख ढकाललाई परिसंघका केन्द्रिय र प्रदेश स्तरीय पदाधिकारीले विराटनगरको होटल हेरिसनमा बोलाएर छलफल गरेका थिए ।
भन्सार प्रमुख ढकालले अर्थमन्त्री डा. महतको आदेश बमोजिम बेरुजु रकम असुली गरी रहेको र सरकारले बेरुजु रकम असुली कार्य बन्द गर्न आदेश नगरेसम्म बेरुजु असुली अभियान जारी रहने बताएका थिए । त्यसपछि निजी क्षेत्र खुलेर सरकारको विरोध गर्न सकेका छैनन् । र बाध्य भएर विराटनगर भन्सार कार्यालयमा रहेको बेरुजु रकम भुक्तानी गरी रहेका छन् ।